१४,भदौ। वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् […]
श्रीमद भागवत गीता अध्याय दुई : साङ्ख्ययोग
श्लोक २६.
तरपनी यदि तिमिलाइ लाग्छ कि आत्मा पनि शरीर जस्तै सधै जन्मलिन्छ र सदा मृत्यु हुन्छ भनेपनी हे महाबाहु ! तिमिले शोक गर्नुपर्ने एउटा पनि कारण छैन ।
श्लोक २७.
जसले जन्मलिएर आउँछ उसको मृत्यु निस्चित छ र मृत्युपछी पुनर्जन्म पनि निश्चित नै छ । तसर्थ जसको बारेमा तिमी केही गर्नैसक्दैनौ अनि तिमिले शोक किन गर्छौ ।
श्लोक २८.
हे अर्जुन ! जीव सुरुमा अव्यक्त या अप्रकट हुन्छ, मध्यमा(उचित वातावरणमा) व्यक्त या प्रकट हुन्छ र फेरि मृत्युपछी अव्यक्त हुन्छ यो चक्र जस्तै चल्छ । यसमा दुखी हुनुपर्ने कारण के छ र ?
श्लोक २९.
कोहि मान्छे यहि कुरालाइ आश्चर्यको रुपमा हेर्छ ।कसैले आश्चर्यकै रुपमा वर्णन गर्छ । कसैले एकदम अचम्म परेर सुन्छ तर सुनेर पनि यसलाइ बुझ्न सक्दैन ।
श्लोक ३०.
हे भारत ! हरेक देहमा जुन आत्मा छ त्यो सदा, नित्य र अवध्य छ यसको बध गर्न सकिँदैन त्यहिकारण कुनैपनी जीवका लागि तिमिले शोक गर्नु उपयुक्त छैन ।
श्लोक ३१.
तिमी आफ्नो धर्मपथबाट डगमगाउनु हुदैन किनकी न्यायकालागि हुने धर्मयुक्त युद्ध गर्नु भन्दा एउटा क्षेत्रीयकालागि अर्को कुनै कल्याणकारी काम हुनैसक्दैन ।
श्लोक ३२.
हे पार्थ ! ती क्षेत्रीयहरु एकदमै भाग्यमानी हुन जसलाइ यस्तो धर्मयुद्ध गर्ने सौभाग्य मिल्छ । तर त्यो तिम्रो अगाडि स्वयं उपस्थित छ स्वर्गको द्वार खुला राखेर ।
श्लोक ३३.
तर यदि तिमी यो धर्मयुद्ध गर्दैनौ भने आफ्नो स्वधर्म, यश, कीर्ति सबै गुमाउछौ अनि पापी कहलाउछौ र नर्क प्राप्त गर्छौ ।
श्लोक ३४.
मान्छेहरु कालान्तरमा तिम्रो बदनामिको वर्णन गर्नेछ्न । र एउटा सम्मानित व्यक्तिका लागि बदनामी मृत्यु भन्दा पनि बढी हो ।
श्लोक ३५.
जो जो महायोद्दाले तिम्रो नाम तथा यशलाई सम्मान दिएका छ्न र थिए । उनिहरुले सोच्नेछ्न कि तिमिले डरले गर्दा कायरपुर्ण रुपमा युद्धमैदान छोड्दियौ र उनी लगायत साराले तिमिलाइ तुच्छ सम्झिनेछ्न ।
श्लोक ३६.
तिम्रा शत्रु अनेक प्रकारका कटु शब्दले तिम्रो आलोचना गर्नेछ्न र तिम्रो सामर्थ्यको उपहास गर्नेछ्न । तिम्रो लागि यो भन्दा दुखदायी अरु के हुनसक्छ र ?
श्लोक ३७.
हे कुन्तिपुत्र ! तिमी यदि युद्धमा मारियौ भने सिधै स्वर्ग जान्छौ यदि तिमिले जित्यौ भने पृथ्वीको साम्राज्यको भोग गर्नेछौ । त्यसैले दृढ़ सङ्कल्प गर र उठ अनि युद्ध गर ।
श्लोक ३८.
तिमी सुख या दुख, हानी या लाभ, विजय या पराजयको बिचार नगरी युद्धका लागि युद्ध गर। यस्तो गरेकोमा तिमिलाइ केही पाप लाग्दैन ।
श्लोक ३९.
मैले यहाँ साङ्ख्ययोग या ज्ञानयोगको वर्णन गर्दैछु । अब निष्काम भावले कर्म गर्नेकुरा बताउछु यो सुन ! हे पृथापुत्र ! तिमी यो ज्ञानको माध्यमबाट कर्म गर्यौ भने तिमी आफुलाइ कर्मको बन्धनबाट मुक्त गर्न सक्छौ ।
श्लोक ४०.
न यसमा गरिएका श्रम व्यर्थ जान्छ न यसमा कुनै अहित, क्षति हुन्छ । यो धर्मको थोरै पालन गर्यो भने जन्म मृत्युको महान भयबाट पनि यसले रक्षा गर्छ ।
श्लोक ४१.
जो यो मार्गमा हिड्छ उ प्रयोजनमा दृढ रहन्छ चितस्थिर हुन्छ र उनको लक्ष्यपनि एक हुन्छ । के कुरुनन्दन ! जो यो धर्मको पालन गर्दैन र दृढ़प्रतिज्ञ हुदैन उनको बुद्धि अनेक अन्तहिन दिशा या शाखामा बिभक्त हुन्छ ।
श्लोक ४२.
हे पार्थ ! अल्पज्ञानि मनुष्य कर्मफलका प्रशंशक बेदवाक्य जस्तै स्वर्गको प्राप्ती, राम्रो जन्म शक्तिमा प्रेम गर्छ्न तिनिहरुको लागि त्यो भन्दा बढी ठूलो धर्मकर्म अरुकेही हुदैन ।
श्लोक ४३.
जसको आत्मा इच्छाका काडेतारले बाधिएको छ जसको बुद्दिमा इन्द्रियतृप्ति नै परम प्राप्य बस्तु हो इन्द्रियतृष्णा भन्दा ठूलो कुनै दोश्रो बस्तु छैन । ती विभिन्न प्रकारका कर्ममा फसेका र इन्द्रिय ऐश्वर्य भोगको इच्छा गर्ने अविवेकिजन जो यस्ता अलङ्कार र भाषामा आकर्षित हुन्छ्न ।
श्लोक ४४.
जो मान्छे इन्द्रियभोग तथा भौतिक ऐश्वर्यप्रती अत्याधिक आशक्त हुन्छ त्यो मान्छेको मनमा यहि मोहग्रस्तताले उनिहरुको मनमा भगवान प्रती भक्तिको दृढ़निश्चय हुदैन ।
श्लोक ४५.
वेदमा मुख्यतया प्रकृतिका तीन गुणका वर्णन गरिएको छ । हे अर्जुन ! तिमी यी तीन गुणबाट माथी उठ । समस्त द्विविधा लाभ तथा सुरक्षाका चिन्ता सबै कुराबाट मुक्त भएर स्वाधीन र आत्मापरायण बन ।
श्लोक ४६.
एउटा सानो कुवाको काम एउटा विशाल जलाशयबाट तुरुन्त हुनसक्छ । यसैप्रकार ब्राह्मतत्व या वेदको आन्तरिक तात्पर्य जान्ने मान्छेको सारा उदेश्य सिद्द हुनसक्छ ।
श्लोक .४७
तिमिलाइ आफ्नो कर्म गर्न अधिकार छ तर कर्मको फलको अधिकारी तिमी होइनौ । तसर्थ तिमिले कहिलेइ पनि आफुले आफुलाइ आफ्नो कर्मको फलको कारण नमान, फलको लागि कर्म नगर । तिमी कर्म नगर्न कहिलेइ उद्दत नहोउ ।
श्लोक ४८.
हे अर्जुन ! विजय वा पराजय को समस्त आशक्ती त्याग गर । यिनिहरुमा भेद नदेख समभावमा आफ्नो कर्म गर । यस्तो समता योग मानिन्छ त्यो निष्काम कर्म मानिन्छ ।
श्लोक ४९.
हे धनन्जय ! त्यसैले भक्तिद्वारा निन्दनीय कर्मबाट टाढा रहु र उहीँ भावनाले भगवानको शरणमा आउ । जो व्यक्ती आफ्नो सत्कर्मको फल भोग्न चाहन्छ त्यो अत्यन्त दीन तथा निकृष्ट हो ।
श्लोक ५०.
भक्तीमा संलग्न मनुष्यले यहि जीवनमा आफ्नो राम्रो र नराम्रो कार्यबाट आफुलाइ मुक्त गर्नसक्छ । तसर्थ योगको लागि प्रयत्न गर किनकी सारा कार्यकौशल योग नै हो ।