छविकिरण अधिकारी का ४ मुक्तक

२८ साउन २०७७, बुधवार

1.
पटका होस् या बम, उस्तै उस्तै लाग्छ।
कडा होस् या नरम, उस्तै उस्तै लाग्छ॥
जति ~ जति तान्यो, उति नै~ तन्किने,
यो जिन्दगी र चुइगम,उस्तै उस्तै लाग्छ॥

2.
एक्लो जीवन~ जिउनुको कारण, कहिल्यै सोधिएन।
फाटेको मन~ नसिउनुको कारण, कहिल्यै सोधिएन॥
सधैँ रक्सी धोक्ने भएकाले मलाई जड्याह भनियो,
खासमा के हो? पिउनुको कारण, कहिल्यै सोधिएन॥

3.
गर्दा गर्दै पनि ~ माया अपार आँसु दिएर गयो।
र सुन्दै नसुनी~ मेरो चित्कार आँसु दिएर गयो॥
हिजो जसका लागि मैले सारा खुसीहरू त्यागे,
आज उसैले बदलामा उपहार आँसु दिएर गयो॥

4.
औँसीको रातमा पनि ~ आकाशमा जून छ भनेर।
कसले भन्न सक्छ, यहाँ म जस्तो कुन छ भनेर??
न दोषीले ~ सजाए पाउँछ ~ न त निर्दोषीले न्याय,
कसरी भनूँ म?मेरो देशमा पनि ऐन कानुन छ भनेर॥

छविकिरण अधिकारी
बागचौर नगरपालिका–१० पिपलनेटा,सल्यान
chhabikiran Adkahari

प्रतिक्रिया दिनुहोस