१४,भदौ। वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् […]
अध्याय दुई : साङ्ख्ययोग
श्लोक .१
संजय बोले – करुणाले ब्याप्त, शोकयुक्त, आँसुले गह भरिएका अर्जुनलाइ हेर्दै मधुसुदन कृष्णले बोल्नुभयो !
श्लोक २.
श्री भगवानले भन्नुभयो – हे ! अर्जुन तिम्रो मनमा यस्तो बिषाक्त बिचार आयो कसरी? जुन यो समयमा सुख, सम्मान र ख्यातिमा बाधक छ । यो त्यो मान्छेको लागि बिल्कुल शोभनिय होइन जसले जिवनको मूल्य जान्दछ । यसबाट उच्चलोक को हुदैहोइन बरु तुच्छताको प्राप्ती हुन्छ ।
श्लोक.३
हे पृथापुत्र ! तिम्रो लागि यतिको नपुंसकता शोभनिय छैन ।हे शत्रु दमनकर्ता ! यस्तो निच भावना र हृदयको दुर्वलतालाई त्यागेर युद्ध गर्न उठ ।
श्लोक ४.
अर्जुन बोले – हे मधुसूदन ! म युद्धभुमिमा बृद्ध भिष्मपितामह र गुरु द्रोणाचार्य सङ्ग कसरी युद्ध गरुला ।उनिहरु त मैले पुजा गर्न योग्य छ्न ।
श्लोक ५.
यी महानुभाव आफ्नै गुरुको हत्या गर्नुभन्दा त बरु भिख मागेर बाच्नु ठिक होला । यिनिहरु सारालाइ मारेर जो राज्यभोग हामिलाइ प्राप्त हुन्छ त्यो त यिनिहरुको रगतले रङ्गिएको हुनेछ ।
श्लोक ६.
म त यो पनि जान्दिन यिनिहरु जित्लान कि हामी जितियला ? अनि यो पनि जान्दिन कि उनले जित्नु ठिक कि हामिले जित्नु ठिक ? किनकी जसलाइ मारेर म बाच्न पनि चाहना गर्दिन उहीँ धृतरास्ट्रका छोराहरु हाम्रो सामुन्नेमा युद्ध मैदानमा खडा छ्न ।
श्लोक ७.
अब म करुणा र दुर्वलताका कारण आफ्नो कर्तव्य भुलिसके र सारा धैर्य पनि हराइसक्यो । यस्तो अवस्थामा मेरोलागी के ठिक हुन्छ कृपा गरेर मार्गदर्शन गर्नुस । म हजुरको शिष्य, शरणागत सम्झेर उपदेश दिनुस प्रभु ।
श्लोक ८.
यि मेरा सम्पुर्ण ज्ञानेन्द्रीयहरु सुकाउने यो दुखबाट मुक्तिको कुनै बाटो देख्दिन प्रभु । मलाइ यो भुमिमा अति समृद्ध र शत्रुहिन राज्य या स्वर्गको राजाको पदवी नै किन नमिलोस ।
श्लोक ९.
संजय बोले – यति भनिसकेपछी अर्जुनले कृष्णलाई भने – हे गोविन्द ! म युद्ध गर्न सक्दिन ।
श्लोक .१०
हे धृतराष्ट्र ! दुई सेनाको बिचमा शोक र दुखले व्याकुल अर्जुनलाइ हेरेर प्रशन्नता सङ्ग भगवान ॠषिकेशले भन्नुभयो –
श्लोक ११.
तिमी बुद्धिमानले जस्तै कुरा गरेर, जसकोलागी शोक गर्नै नहुने हो उनिहरुकै लागि तिमी शोक गर्दैछौ, जो शोकको लागि योग्य नै छैनन । जो विद्वान हुन्छ्न उनिहरु न जिवितका लागि नै शोक गर्छ्न न त मृतका लागि शोक गर्छ्न।
श्लोक १२.
यो दुनियाँमा म, तिमी, या यी समस्त सेना, राजा नभएको कहिलै थियन । अर्थात यस्तो होइन कि सबै राजा सेना या हामी भविष्यमा नाश भएर जानेछौ ।
श्लोक १३.
जुनप्रकार शरिरधारी आत्मा एक शरिरमा बाल्यावस्थाबाट तरुणावस्था र त्यसपछी वृद्धअवस्थामा निरन्तर चलिरहन्छ, त्यस्तै मृत्युु भइसकेपछि आत्माले अर्को शरिर प्राप्त गर्छ । धैर्यवान व्यक्ती यस्तो परिवर्तनमा मोह राखेर बस्दैन, दुखी हुदैन ।
श्लोक १४.
हे कुन्तिपुत्र ! सुख दु:खको क्षणिक उदय हुनु र समयक्रममा यिनिहरुको अन्त्य हुनु यो त जाडो या गर्मी ऋतुको आउने जाने क्रम जस्तै हो । हे भरतवंशी ! दु:ख सुख यो सब इन्द्रीयबोधबाट उत्पन्न हुन्छ्न र मनुष्यको काम भनेको अविचल भएर यी सबैकुराको सहन गर्न सक्नु हो ।
श्लोक १५.
हे पुरुषश्रेष्ठ (अर्जुन) ! जो मान्छे सुख तथा दु:खमा विचलित हुदैन दुबैलाइ समभाव राख्छ उहीँ मात्र हरेक रुपबाट मुक्तिको या मोक्षको योग्य हुन्छ।
श्लोक १६.
असत्य रहिरहन सक्दैन अनि सत्य नरहोस त्यो कहिलै हुनसक्दैन । असत् (भौतिक शरिर) को कुनै चिरस्थायित्व छैन तर सत् (आत्मा) अपरिवर्तित छ भनेर तत्वज्ञानिहरुले निष्कर्ष निकालेका छ्न ।
श्लोक १७.
जो सारा समस्त प्राणिमा व्याप्त छ त्यो नै अविनाशी सम्झ । अमर आत्मालाइ न कसैले मार्न सक्छ न कसैले नस्ट गर्नसक्छ ।
श्लोक १८.
अविनाशी, अप्रमेय तथा शाश्वत आत्मा जो भौतिक शरिरमा बास गर्छ त्यो नाशरहित नित्यस्वरुप र अन्तहिन छ । त्यसैले हे अर्जुन ! युद्ध गर ।
श्लोक १९.
जसले यो आत्मालाइ मार्नेवाला सम्झिन्छ या जसले यसलाइ मरेको र नाशवान सम्झिन्छ ती दुवैले यसलाइ जान्दैनन । यसले न त मार्छ न त मर्छ ।
श्लोक २०.
आत्मा आजन्म, अन्तहिन, शाश्वत, सनातन र अमर छ । छ यो न कहिलै जन्मिन्छ न त मर्छ । यो सधैभरी छ सधैभरी रहिरहन्छ । शरीर नष्ट हुदा पनि यसको अन्त्य हुदैन ।
श्लोक २१.
हे पार्थ ! जो मनुष्य यो आत्माको अविनाशी, अप्रमेय, आजन्मा या अव्ययबारे जानकार छ उसले कसैलाइ कसरी मार्न सक्छ या स्वयं कसरी मर्नसक्छ ।
श्लोक २२.
जसरी कुनै व्यक्ति पुरानो कपडा च्यात्तिएपछि त्यो उतारेर नयाँ कपडा लगाउछ, त्यस्तैगरी आत्माले कमजोर, जीर्ण तथा पुरानो भौतिक शरिर त्यागेर नयाँ शरीर प्राप्त गर्छ ।
श्लोक २३.
अव्यय आत्मालाइ न कुनै हतियारले काट्न, घाउ लाउन सकिन्छ नत आगोले जलाउन नै सकिन्छ । न यो पानीले भिजाउन सकिन्छ न त हावाले सुकाउन सकिन्छ ।
श्लोक २४.
आत्मा अछेद्य, अखण्डित र अघुलनशील छ । यो जलाउन, भिजाउन, सुकाउन सकिँदैन । यो अदाह्य, अकाट्य, नित्य निशन्देह अशोष्य , अचल, अन्तहिन सनातन र सर्वव्यापी छ ।
श्लोक २५.
यो अदृश्य छ न त यसलाइ बुझ्न नै सकिन्छ । यो अकल्पनीय, अपरिवर्तनीय, अव्यक्त, विकाररहित छ । त्यसैले यत्तिको बुद्धिमान भएर तिमिले शरिरको लागि शोक गर्नै हुदैन ।
नेपाली अनुवाद : कैलाश के सी
।