दाङ, राप्ती साहित्य परिषद्काे केन्द्रीय अध्यक्षमा वरिष्ठ साहित्यकार टीकाराम उदासी […]
श्लोक २५.
भीष्म, गुरु द्रोणाचार्य तथा विश्वभरीका सम्पुर्ण राजा का सामुन्ने भगवान्ले भन्नुभयो; हे पार्थ ! यहाँ जम्मा भएका सम्पुर्ण कुरुहरु लाई हेर ।
श्लोक २६.
अर्जुनले दुबैपक्षका सेनामा आफ्ना काका, हजुरबुबा, गुरुहरु, छोराहरु, नातिहरु र मित्रलाइ देखे ।
श्लोक २७.
अर्जुनले त्यहा अत्यन्त प्रीय आफन्तजन र शुभचिन्तकहरु सबैलाई देखे ।
श्लोक २८.
जब कुन्तिपुत्र अर्जुनले अनेक मित्र र नातेदारहरु दुइतर्फका सेनामा देखे तब भावविह्वल भएर श्रीकृष्ण लाई भने ।
श्लोक २९
अर्जुन बोले – हे कृष्ण ! यसप्रकार युद्ध गर्नका लागि यिनिहरुलाई अगाडि देखेर मेरो सारा शरीर लल्याक्लुलुक भएर आयो । मेरो जिउ कापिरहेको छ, मेरा ओठमुख सुकेर आए ।
श्लोक ३०.
गाण्डिव मेरा हातबाट खस्न थाल्यो । मलाइ जिउदै भुङ्रोमा हाले जस्तो भइरहेकोछ ।सायद म अब धेरैबेर उभिनसक्ने अवस्थामा पनि छैन मलाइ यो दृश्यले चक्कर आउला जस्तो भयो ।
श्लोक ३१.
हे केशव ! मैले त आसन्न परम बर्बादिका कारण मात्र देखिदैछ्न । आफ्नै प्रीयआइ मारेर त के कल्याणको काम हुनसक्छ र ?
श्लोक ३२.
हे कृष्ण ! यो युद्धमा आफ्नै आफन्त र नातेदार र आफ्ना प्रीयमान्छेको हत्या गरेर प्राप्त राज्य या सुखभोग को के आनन्द ? यो जिवनको के मूल्य ? न त त्यसरी प्राप्त गरेको विजय, राज्य या त्यो सुखको इच्छा मलाइ छ !
श्लोक ३३.
हे गोविन्द ! हामिलाइ त्यो राज्य, सुख या जिवनको के फाइदा, जसको लागि हामी त्यो सुख या राज्य चाहन्छौं उनि सबै जिवन नै त्यागेर यो युद्धभुमिमा अगाडि खडा छ्न ।
श्लोक ३४.
प्रीय गुरुवर, हजुरबुबा, मामा, काका, ससुरा, साला सबै इष्टमित्र युद्ध मैदानमा हाजिर छ्न ।
श्लोक ३५.
हे मधुसुदन ! म त त्रिलोकमा राज गर्न पाउछ्स भने नि यिनिहरुलाइ मार्न चाहन्न चाहे उनिहरुले मलाइ नै किन नमार्दिउन ।
श्लोक ३६.
धृतरास्ट्रका यी छोराहरुलाइ मारेर हामिलाइ कुन खुसी मिल्ला । हे जनार्दन ! यी दुष्टको मारेर पनि हामिलाइ लाग्ने त पाप नै हो ।
श्लोक ३७.
त्यसैले यी धृतरास्ट्र पुत्रहरु र आफ्ना प्रीय नातेदारलाई मार्ने काम सहि होइन । हे माधव ! आफ्नै प्रीयहरुको हत्या गरेर हामिलाइ कुन प्रकारको सुख प्राप्त होला ?
श्लोक ३८.
यद्यपि लोभको कारण यिनिहरुको बुद्धि भ्रष्ट भइसक्यो जसले गर्दा आफ्नो कुलको नास र आफ्नै मित्र सङ्ग युद्ध या द्रोह, पुण्य या पापमा केही फरक देख्नसक्दैनन ।
श्लोक ३९.
तर हे जनार्दन ! हामी त आफ्नै कुलनष्ट गर्नमा पाप ठान्छौ । फेरि हामी जानिजानी यहि पाप किन गर्नु यो पापबाट किन नबच्नु ?
श्लोक ४०.
कुलको नष्ट भयो भने त्यससङ्गै सनातन देखि चल्दै आएको कुलधर्म पनि नष्ट भएर जान्छ अनि कुलधर्म नै नष्ट भयो भने सबैप्रकारको अधर्म बढ्दछ ।
श्लोक ४१.
हे श्रीकृष्ण ! जब अधर्म बढ्दै जान्छ त कुलकी नारिहरुमा चरित्रहिनता बढ्छ । हे रविलोचन ! नारी चरित्रहिन भइन भने अवान्छित सन्तती उत्पादन हुन्छ र वर्ण धर्म नष्ट हुन्छ ।
श्लोक ४२.
अबान्छित सन्तानको वृद्धिले पारिवारिक परम्परा नष्ट हुन्छ र कुलघातिहरु कुललाइ नर्कमा खसाल्दछ्न। यस्तो पतित कुलका पुर्खालाइ जल, पिण्ड, तर्पण,श्राद्ददान दिने परम्परा समाप्त हुन्छ र उनिहरुको उद्दार हुदैन ।
श्लोक ४३.
एसप्रकार वर्णभ्रष्ट कुलघातिको दोषले उनिहरुको सनातन कुल धर्म र जाती धर्म नष्ट हुन्छ ।
श्लोक ४४.
हे जनार्दन ! मैले सुनेको छु, कुलधर्म भ्रष्ट भएपछी मनुष्यको अनिश्चितकाल सम्म नरकमा बस्नुपर्छ रे ।।
श्लोक ४५.
अहो ! दुर्भाग्य ! हामिहरु बुद्धिमान भएर पनि यो स्तरको महापाप गर्न यहाँ उपस्थित छौँ । राज्य र सुखको लागि आफ्नै प्रिय मान्छेहरुलाइ मार्न उद्दत छौँ ।
श्लोक ४६.
यदि शस्त्रास्त्रधारी यी धृतरास्ट्रका छोराहरु मलाइ निहत्था र प्रतिरोध नगर्दा पनि रणभुमिमा मारे भनेपनी त्यो मेरो लागि ठिकै छ ।
श्लोक ४७.
संजयले भने – युद्धभुमिमा यति भनिसकेपछि अर्जुनले आफ्ना धनुष र बाण एकातिर राखेर शोकसन्तप्त मन लिएर रथको आसनमा बसे ।
अध्याय एक समाप्त
( नेपाली अनुवाद कैलाश के .सी. )
अध्याय २ क्रमश ……………………………