सल्यानमा विद्यालयलाई प्रविधिसँग जोड्न अमेरिकाबाट नेपाली युवाको सहयोग

बुधबार ०७/०६/२०७७

विद्यालयलाई प्रविधिसँग जोड्न सल्यानमा एक व्यक्तिले वाईफाई सहयोग गरेका छन् । जिल्लाको बागचौर नगरपालिका वडा नम्बर १० स्थित महेन्द्र माध्यामिक विद्यालयलाई अमेरिकामा रहदै आएका बागचौर नगरपालिका वडा नम्बर १० स्थायी घर भएका समाजसेवी मनमोहन ओलीले करिव २३ हजारको लागतमा ४५ mbps क्षमताको वाइफाइ सहयोग गरेका हुन् ।
समुन्द्र पारीको बस्तीलाई कर्मथलो बनाएका ओलीले आफूले अध्ययन गरेको विद्यालयलाई सम्झिँदै प्रविधिमा आफूजस्तै अबका विद्यार्थीहरु पनी पछाडि पर्न नपरोस् भन्दै सहयोग गरेको उनले बताएका हुन । आज एक कार्यक्रमका बीच वाइफाइ संचालन तथा उद्घाटन गर्दै उनका बुबा तथा सोही विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष समेत रहेका समाजसेवी दुर्गाबहादुर ओलीले जस्तोसुकै परिस्थितिमा पनि आफुले यस विद्यालयलाई सहयोग गर्दै आएको र अबका दिनहरुमा पनि सहयोग गर्ने बताउँदै विद्यालयलाई प्रविधिको प्रयोगद्वारा शिक्षण गर्न गराउन शिक्षकहरूलाई पनि अनुरोध गरेका थिए।
युगसुहाउँदो शिक्षण पद्धतिमा आफूले सहयोग गरेको सामग्रीले पठनपाठनलाई प्रभावकारी बनाउनेमा आफू आशावादी रहेको समेत उनले बताएका थिए
कार्यक्रमलाई सञ्चालन गर्दै विद्यालयका शिक्षक रेशमबहादुर ओलीले सहयोगी मनहरुलाई धन्यवाद दिँदै बिद्यालयमा यस्तै सहयोगको अपेक्षा रहेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस