आखिर किन भागे काभ्रेको बनेपाका १७ वर्षिय श्रवन अधिकारी

भाद्र २

२ भाद्र । काभ्रेको बनेपाका १७ वर्षीय श्रवण अधिकारी साउन २०  गते देखि घरबाट बेपत्ता भएका छन् । यसै वर्ष काभ्रे सेकेण्डरी स्कुलबाट एसईई परीक्षा उत्तीर्ण गरेका अधिकारी घरबाटै सम्पर्कबिहीन भएको उनका मामा सुर्य न्यौपानेले जानकारी दिए । एसईई दिएर बसेका श्रवन अधिकारीले साउथ इन्डियन मुभि र इन्डियन सिरियल बढी हेर्ने गरेकोले उनी कसैको प्रलोभनमा परी इन्डिया पुगेको उनका बाबु तुलाराम अधिकारीले बताएका छन् ।

साउन २० गते बेलुका ५ बजे देखि घर बाट निस्केका श्रवन अधिकारी परिवारको सम्पर्कमा आएका छैनन् । मामा सूर्य न्यौपानेका अनुसार हामीले खोजी गर्दै जाँदा उनी वीरगञ्जको नाका हुँदै भारत पुगेको देखिएको छ । तर, उनी कसरी त्यहाँ पुगे हामीलाई आशंका छ, र कसैको साथ र सहयोग बाट श्रवन लाई फकाइ फुलाई अपहरण गरेर ईन्डिया पुर्याउने काम भएको बताएका छन् ।

घरबाट साउन २० गते बेलुका ४ बजेर ५२ मिनेटमा हिडेका श्रवनले साउन २१ बिहान ५ बजे वीरगञ्जको रक्सौल नाका पार गर्दै भारतको पटना गाडीमा चढेर गएको वीरगञ्ज बसपार्कको सीसीटीभी फुटेजमा कैद भएको छ । घरबाट एक्लै निस्केका श्रवनका साथमा एक जना केटा साथी रहेको र उनी अपरिचित व्यक्ती रहेको देखिएको छ ।

श्रवणका परिवारले भने श्रवनको साथी भारतीय नागरिक रहेको र  सामाजिक सञ्जाल मार्फत चिनजान भएकोले र केही प्रलोभन देखाएर अपहरण गर्ने उद्देश्यले उनलाई भारत पुर्‍याएको आशंका व्यक्त्त गरेका छन् । त्यसैगरी उनी कतै मृगौला तस्करीको समूहको जालमा फसेकी भन्ने आशंका जनाएका छन् ।

श्रवणको खोजीकार्यमा निस्केका उनका बाबु र मामा सिसि क्यामेराको सहयोगमा खोज्दै जादा भारतको पटनासम्म पुगेर फर्किका छन् । तर, उनको अवस्था भने अझै अज्ञात छ । यदि कसैले भेटाएमा वा कसैको सम्पर्कमा आएमा नजिकको प्रहरी चौकिमा वा ९८४९७४६६३४, ९८४९७४६६३४, ९८५११९२८८५  नम्बरमा सम्पर्क गरिदिन परिवारले अनुराध गरेको छ  ।

 

प्रतिक्रिया दिनुहोस