यातायात मजदुर संगठनले गरेको अनिश्चितकालिन बन्द फिर्ता

१७,चैत्र २०७७

सल्यान १७-चैत / दाङका यातायात मजदुर संगठनले आह्वान गरेको अनिश्चितकालिन बन्द फिर्ता भएको छ । यातायात मजदुर, यातायात व्यवसायी र स्थानीय प्रशासनबीच बैठक बसी आज एक बजेदेखि फिर्ता हुने भएको हो । यातायात मजदुर, यातायात व्यवसायी बिच ६ बुंदे लिखित सहमति गरी बन्द खुल्ने भएको छ । बैठक प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको अध्यक्षतामा बैठक बसको थियो ।


यातायात मजदुर, यातायात व्यवसायी बिच भएको ६ बुंदे लिखित सहमतिमा यातायात मजदुरहरुको तलब भत्ता नियमित रुपमा उपलब्ध गराउन यातायात व्यवसायीहरुको मञ्जुरी रहेको छ ।
सबै यातायात व्यवसायीहरुले सामाजिक सुरक्षा कोषऐन २०७४ कार्यान्वयन गर्न समहती ,नेपाल सरकार नेपाल यातायात महासंघ र तीन वटै मजदुर ट्रेड यूनियन बिच भएको संयूक्त बैठकले गरेको निर्णय कार्यान्वयनमा सहयोग गर्ने ,
कोभिड –१९ को भ्याक्सीन यातायात मजदुरहरुलाई लगाउन प्राथमिकतामा राख्ने र यातायातका क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्न समिती गठन गर्ने र समितीले १५ दिन भित्र सुझाब सहित प्रतिवेदन पेश गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस