सल्यान, २३ कार्तिक । गाईको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई आत्मसात् […]
सल्यान, ३० कार्तिक ।
सल्यानमा एक महिलाले आफ्नै शरीरमा मट्टीतेल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएकी छन् ।
जिल्लाको शारदा नगरपालिका, १५ बडाखोलाकी अन्दाजी ४६ वर्षीया कमला बोहराले आइतबार राति करिब ८ः३० बजे आफ्नै घरमा राखेको मट्टीतेल शरीरमा छर्केर आगो लगाएकी हुन् ।
आगोले जलेर घाइते भएकी बोहरालाई उपचारका लागि श्रीनगर स्थित कर्णाली अस्पताल प्रालिमा ल्याइएको थियो । अस्पतालले राति ९ः४५ बजे प्रहरीलाई घटनाबारे जानकारी गराएको थियो ।
प्रहरीका अनुसार अस्पतालमा सामान्य उपचारपछि राति ९ः५८ बजे थप उपचारका लागि उनलाई बाँकेको नेपालगञ्ज स्थित भेरी अस्पतालमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । उनको शरीरका विभिन्न भाग जलेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
उनले शरीरमा आगो लगाउनुको कारण भने खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयको सञ्चार शाखाले जनाएको छ ।
