कांग्रेसको १४औँ महाधिवेशन रोक्न माग गर्दै सर्बोच्चमा रिट

“विश्वभरि नै भेला र मेलाका कारण कोरोना सङ्क्रमण फैलिरहेको छ, अहिलेको अवस्था भनेको कोरोना नियन्त्रण मुख्य काम हो”, सांसद वैद्यले भनेका छन्, “कोरोना नियन्त्रणपछि महाधिवेशन गर्नुपर्छ, जनताको जीउज्यान सबैभन्दा ठूलो कुरा हो ।”

पार्टीको महाधिवेशन तत्काल नगर्दा कांग्रेसको वैधानिकतामा कुनै असर नपर्ने रिट निवेदनमा उल्लेख छ । आइतबारका लागि उक्त विषयमा सुनुवाइ हुनेछ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म हुने तय गरिएको छ भने भोलीदेखि वडा तहको अधिवेशन सुरु हुँदै छ ।

प्रतिक्रिया दिनुहोस