मन्त्री पछाई सहित एमालेका नेता, कार्यकर्ताको कपुरकोटमा संवाद हुँदै

सल्यान, ११ मंशिर ।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री तथा नेकपा एमालेका नेता टेकराज पछाई सहित सल्यानको कपुरकोटमा पार्टीका प्रदेश, जिल्ला, पालिका तथा वडा तहका नेता, कार्यकर्ताबीच संवाद तथा छलफल हुने भएको छ ।

शनिबार बिहान ९ बजे कपुरकोटमा हुने भेटघाट कार्यक्रममा एमालेका जिल्ला अध्यक्ष भीमबहादुर सेन, प्रदेश सदस्य घनश्याम शर्मा, कपुरकोट गाउँपालिका कमिटी अध्यक्ष मधुसूदन गिरी लगायत जिल्ला, पालिका तथा वडा तहका नेता, कार्यकर्ता सहभागी हुने कार्यक्रम रहेको छ ।

भेटघाटका क्रममा पार्टीको समग्र अवस्था, सांगठनिक गतिविधि, समसामयिक राजनीतिक परिस्थिति, स्थानीय तहमा पार्टीले खेल्नुपर्ने भूमिका तथा नेता, कार्यकर्ताका सुझाव र अपेक्षा बारे छलफल हुने एमाले कपुरकोटले जनाएको छ ।

प्रदेश, जिल्ला तहको नेतृत्व र स्थानीय तहका नेता, कार्यकर्ता बीच प्रत्यक्ष संवाद स्थापित गर्दै संगठनका गतिविधि, समस्या, चुनौती र सम्भावनाबारे खुलेर विचार आदानप्रदान गर्ने अवसरका रूपमा भेटघाटलाई लिइएको एमाले कपुरकोटका अध्यक्ष गिरिले जनाए ।

यसैबीच मन्त्री पछाईले कपुरकोट गाउँपालिका, ४ मा भोलिदेखि सुरु हुन लागेको वडा कप प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम समेत रहेको छ । पार्टीका नेता, कार्यकर्तासँगको भेटघाटपछि उनी प्रतियोगिताको उद्घाटन समारोहमा सहभागी हुनेछन् ।

स्थानीय स्तरमा खेलकुद गतिविधिको विकास, युवाको प्रतिभा उजागर तथा खेलकुदमार्फत सामाजिक एकता र सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना हुन लागेको हो ।

भेटघाट तथा छलफल कार्यक्रममा सहभागी हुन एमालेका प्रदेश, जिल्ला, पालिका तथा वडा तहका नेतृत्व, पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तकहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस