बागचौर नगरपालिका क्षेत्रभित्र सञ्चालित संस्थागत विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने […]
काठमाडौं । सभामुख अग्नी सापकोटाले मंसिर ४ मा हुने निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । पत्रकार सम्मेलन गरेर सभामुख सापकोटाले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी नदिने घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा सापकोटाले भनेका छन्, ‘पार्टी, सिन्धुपाल्चोक र खासगरी क्षेत्र नम्बर १ का मतदाता तथा शुभचिन्तकहरुले पुनः पनप्रतिनिधिको भूमिका निर्वाह गरोस् भन्ने शुभेच्छा राख्नु भएकोमा धन्यवाद दिँदै आगामी २०७९ मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेको निवेदन गर्न चाहन्छु ।’
वि.सं. २०६४ र २०७० मा संविधानसभामा सिन्धुपाल्चोक–२ बाट प्रत्यक्ष निर्वाचित भएका सापकोटा २०७४ मा सिन्धुपाल्चोक १ बाट सांसद चुनिएका थिए । यस पटक भने माओवादी केन्द्रले सापकोटासँगै माधव सापकोटाको नाम सिफारिस गरेको थियो ।
