सल्यानको कुमाख गाउँपालिका अध्यक्ष मा नेपाली कांग्रेस र उपाध्यक्ष मा नेकपा एमाले बिजयी

२०७९जेठ १

सल्यानको कुमाख गाउँपालिका अध्यक्ष मा नेपाली कांग्रेसका मानबहादुर बुढाथोकी र उपाध्यक्षमा नेकपा एमालेका लाल बहादुर रावत बिजयी भएका छन ।

पालिका अध्यक्षमा कांग्रेसका मानबहादुर बुढाथोकी ४ हजार ५८ मत प्राप्त गरि बिजयी भएका हुन । उनका प्रतिद्वन्दी डिल्लीराज जैसीले ४ हजार १२ मत प्राप्त गरेका छ्न ।

उपाध्यक्षमा नेकपा एमालेका लाल बहादुर रावत बिजयी भएका छन । उनले ४ हजार ४३ मत ल्याएका छ्न भने उनका प्रतिद्वन्दी माओवादी केन्द्र का धनसरा मल्लले ३ हजार ९ सय ४३ मत ल्याइन् ।

कुमाख गाउँपालिका नेकपा माओवादि केन्द्रका अध्यक्ष प्रचण्डका स्वकिय सचिब रमेस मल्लको पालिका हो । त्यहा कांग्रेस – एमालेको गठबन्धन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस