दार्मामा रोकियो मतगणना, पुन मत गणना गर्नुपर्ने काङ्ग्रेस माग

०१,जेष्ठ २०७९

१ जेठ, सल्यान।सल्यानकाे दार्मा गाउँपालिकामा मत गणना स्थगित भएकाे छ ।

वडा नम्बर १ र २ काे गणनमा गडबढ भएकाे भन्दै नेपाली कांग्रेसले विराेध जनाएपछि मत गणना स्थगित भएकाे छ ।

मत गणना स्थल बाहिर कांग्रेसले नाराबाजी गरेकाे छ भने पुनः मत गणना गर्न माग गरेकाे छ । अहिले सर्वदलीय बैठककाे तयारी छ ।

यसैक्रमा नाराबाजीकाे तस्बिर र भिडियाे खिचिरहेका पत्रकार प्रकाश शर्मामाथी हातपात भएकाे बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस