सल्यान, २७ फागुन । सल्यानमा चौबन्दी चोली तथा डिजाइन कुर्ता […]
सल्यानको बागचौर नगरपालिका मा एकीकृत समाजवादी र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच चुनावी तालमेल हुने भएको छ ।
एकीकृत समाजवादी र माओवादी केन्द्रबीच आज बसेको बैठकले यस्तो निर्णय गरेको हो। जसअनुसार नगरपालिकामा नगर प्रमुख तथा उप प्रमुख दुवै पद माओवादी केन्द्रको भागमा परेको निर्णय यसअघि नै भइसकेको थियो। आज बसेको बैठकले वडाहरु बाँडफाड गरेको हो ।
जस अन्तर्गत वडा नं १ र ८ मा अध्यक्ष तथा सम्पूर्ण सदस्यहरु माओवादी केन्द्रकाे रहेको छ।
यस्तै वडा नम्बर २,३,४,५,६ मा एक खुला सदस्य एकीकृत समाजवादीको भागमा परेको छ भने बाकी सबै सेट माओवादी केन्द्रको भागमा परेको छ ।
यस्तै वडा नं ७ मा पनि सबै सदस्य माओवादी केन्द्रको भागमा परेको छ। भनेअध्यक्ष एकीकृत समाजवादीको भागमा परेको छ ।यस्तै वडा नम्बर ९ मा अध्यक्ष र एक खुल्ला सदस्य एकीकृत समाजवादीको भागमा परेको छ भने बाँकी सबै सदस्यहरु माओवादी केन्द्र भागमा परेको छ ।
वडा नम्बर १० मा एक खुल्ला सदस्य र दलित महिला सदस्य माओवादी केन्द्रको भागमा परेको छ भने अध्यक्ष ,महिला सदस्य र खुल्ला सदस्य एकीकृत समाजवादीको भागमा परेको छ ।
दुई दलका नेताहरुबीच आज बसेको बैठकले निर्वाचनको विजयपछि गरिने कामहरु आपसी सहमतिका आधारमा गर्ने, दर्ता गरिएका निकाल्न सहमति भएका मनोनयन पत्र दुवै पार्टीको अध्यक्षले समेत फिर्ता गर्ने सहमति भएको जनाइएको छ।
दुवै पार्टीका संयुक्त कार्यक्रम बनाएर निर्वाचनमा होमिने तथा संकल्पसहित अगाडि बढ्ने निर्णय भएको समेत भएकाे छ।
पार्टीको सहमतिमा आत्मसात गरी सम्पूर्ण उम्मेदवारलाई मतदान गरी विजयी गराउन समेत दुवै पार्टीको अनुरोध गरेकाे छ।