स्थानीय तह निर्वाचनको उम्मेदवारी मनोनयन तीन दिनपछि, यस्तो छ कार्यतालिका

८ वैशाख २०७९, बिहिवार

आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको प्रक्रिया शुरु भइसकेको छ । उम्मेदवारी प्रक्रिया बैशाख दोस्रो सातादेखि शुरु हुँदैछ । स्थानीय तह निर्वाचन कार्यतालिका अनुसार बैशाख ११ देखि १२ गतेसम्म उम्मेदवार मनोनयनपत्र दर्ता गर्ने समय तोकिएको छ ।

उम्मेदवार मनोनयन दर्ताका लागि बिहान १० देखि साँझ ५ बजेसम्मको समय तोमिएको छ । त्यस्तै १२ गते नै साँझ ५ बजेदेखि ६ बजेसम्म मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यतालिका रहेको आयोगले जनाएको छ ।

उम्मेदवारीको विरोधमा उजुरी दिन बैशाख १३ गते बिहान १० बजेदेखि ५ बजेसम्म समय तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस