एमाले ले ल्याएका लाेकिप्रिय कार्यक्रम सबैकाे अाँखामा झलझलि देखिरहेका छन – पोलिटब्यूरो सदस्य शाह

सल्यान, २५ चैत २०७८

एमालेका पोलिटब्यूरो सदस्य तथा सल्यान जिल्ला इन्चार्ज गुलाबजङ्ग शाहले र नेकपा एमाले ले ल्याएका लाेकिप्रिय कार्यक्रम सबैकाे अाँखामा झलझलि देखिरहेकाले जतिसुकै पार्टीले गठबन्धन गरेपनी नेपाली जनता नेकपा एमालेको पक्षमा रहेको बताएका छन ।

उनले आगामी बैशाख ३० गतेको भोलि पल्ट देखि गठबन्धको अस्तित्व हराउँदै जाने र गठबन्धन को पक्षमा नेपाली जनता नरहेको उनले प्रस्ट पारे । उनले आगामी निर्वाचनमा नेकपा एमाले ६० प्रतिशत मत ल्याउने बताउदै एमाले फुटले कुनै असर भयो कि भनेर कसैले पनि नसोच्ना सबैलाई अनुरोध गरेका छन । सल्यानको बागचौर नगपलिकाको थारमारेमा नेकपा एमालेले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण सभालाई सम्बोधन गर्दै उनले पहिले एमाले एक्लैले ४० प्रतिशत मत ल्याउन सफल भएको र अहिले झन तराई मधेस पनि एमाले पार्टी प्रति बिस्वासका साथ लागेको बताउदै उनले एमाले पार्टीलाई हराउना कसैले पनि सपना समेत देख्ना नहुने बताए । आफू प्रदेश सभासद हुदै गर्दा आफुले आफ्नो क्षेत्रको बिकासको लागि धेरै ठुलो पहल गरेको तर केही स्थानीय तहका प्रमुखहरुले लोकप्रियताको नाममा जस आफुले लिने गरेको बताउदै खबरदारी समेत गरेको छन ।

तेस्तै कार्यक्रममा प्रदेश कमिटी सदस्य तिलक मल्लले आगामी बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा बागचौर नगरपालिकामा एमालेको जित सुनिस्चित रहेको बताएका छन । उनले गठबन्धन जनताको इच्छा र मर्मा बिपरित रहेको बताउदै निर्वाचनमा फाईदा एमाले लाई पुग्ने बताएका छन । उनले जनताको सुख दुखको पार्टी एमाले भएको भन्दै त्यो ३० बैशाखमा देखिने बताए ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य दिपेन्द्र प्रकाश डि सि, जनक बि क, निर्मला रोका, टिकाराम बि क , युबा संघका केन्द्रिय सदस्य प्रीन्स बस्नेत, अनेरास्ववियुका केन्द्रिय सदस्य घनश्याम पुन लगायतले मन्तव्य राखेका थिए ।

बागचौर नगर कमिटी अध्यक्ष घनश्याम शर्मा को अध्यक्षता भएको कार्यक्रमको संचालन सचीव मोहन चन्दले गरेका थिए । कार्यक्रममा नेकपा माओवादी,एकिकृत समाजवादि र नेपाली कांग्रेस पार्टी परित्याग गरि १५३ जनाले नेकपा एमालेमा प्रवेश गरेका थिए । भने उक्त कार्यक्रममा वाट राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु काे बागचाैर नगर कमिटी गठन भएकाे छ ।

प्रतिक्रिया दिनुहोस