कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले लेखा समूहका कर्मचारीहरुको […]
नेपाल कम्युनिष्ट पार्टी एमालेको कपुरकोट गाउँपालिका वडा नम्बर २ दानवाङमा टोल भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मंगलबार टोल कमिटी अध्यक्ष चित्र बहादुर सुनारको अध्यक्षतामा भेला सम्पन्न भएको हो । कार्यक्रममा एमालेका जिल्ला स्तरका नेताहरुले अगुवा कार्यकर्तालाई प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी एमाले सल्यानका उपाध्यक्ष भिम बहादुर सेनले भेलालाई सम्बोधन गर्दै मुलुकमा स्थायित्व, बिकास तथा राष्ट्रिय हितमा काम गर्ने दल एमाले बाहेक अरु नभएको बताउनुुभयो । कपुरकोट गाउँपालिकाका अध्यक्ष समेत रहेका उहाले कपुरकोट गाउँपालिकामा सडक, शिक्षा, स्वास्थ्य कृषि, लगाएतको क्षेत्रको विकासमा महत्वपूर्ण काम भएको उल्लेख गर्दै अझै विकासका धेरै काम गर्न बाँकी रहेको र त्यो सबै एमालेको नेतृत्वमा मात्रै सफल हुने बताउनुभयो ।
भेला तथा प्रशिक्षण कार्यक्रममा एमालेका जिल्ला कमिटी सदस्यहरु घनश्याम शर्मा, ओम बहादुर बुढा, मधुसुदन गिरी, टिकाराम बोहोरा, रुपक बुढा, पार्टीका गाउँपालिका कमिटी अध्यक्ष द्रोण केसी, उपसचिव इश्वर बुढा, ३ नम्बर वडा कमिटी अध्यक्ष रुद्रवीर कवर लगाएतले बोल्दै एमाले नेतृत्वका हरेक तहका सरकारले देशभर जनमैत्रि र ऐतिहासिक काम गरेका कारण आगामी निर्वाचनमा जनताले एमालेलाई नै रोज्ने धारणा राख्नुभएको थियो ।
सो अवसरमा कांग्रेस र माओवादी परित्याग गरी ५ जना कार्यकर्ता एमालेमा प्रवेश गरेको टोल कमिटी अध्यक्ष चित्र बहादुर सुनारले जानकारी दिनुभयो । एमाले कपुरकोट २ का वडा कमिटी अध्यक्ष नवराज बुढाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन वडा कमिटी सचिव सन्तसिंह घर्तीले गर्नुभएको थियो ।