एमाले एक्लै गठबन्धन काे सामाना गर्न तयार छ – शाह

सल्यान, ३० फागुन २०७८

नेकपा एमाले का पोलिट्ब्युरो सदस्य गुलाब जङ शाहाले आगामी बैशाख मा हुने निर्वाचन मा एमाले एक्लै गठबन्धनकाे सामाना गर्न तयार रहेकाे बताएका छन ।

युबासघ नेपाल सल्यान को १० औ जिल्ला अधिबेशन को सदरमुकाम खलंगा मा उद्घाटन गर्दै नेता शाहाले एमाले को लोकप्रिय ता देखेर अन्य दलले स्थानीय तहमा गठबंधन गरे पनि एमाले एक्लै सामान गर्न तयार रहेकाे बताए ।मुलुकमा एमालेले मात्र नेतृत्व गर्न सक्ने भन्दै आगामी निर्वाचन मा एमाले लाई फेरि जनाताले जिताउने बताए । एमालेको ४२ महिने सरकार को पालामा थुप्रै लोकपृय काम गरेको भदै जनता फेरि पनि एमालेको काम हेर्न आतुर भएको उनकाे भनाई रहेकाे थियाे ।मुलुकमा सुखी नेपाली समृद्ध नेपल भन्ने नारा ल्याएर जस्ले कम्युनिस्ट बचाउन खोज्यो उसैलाई कुन्ठित गर्नेहरुलाई जनताले देखाएर छोडने बताए ।

स्थानीय तहकाे चुनाव अाइसकेकाले अव सम्पुर्ण एमाले प्रेमी जनताहरु एकताबद्ध भइ चुनावी मैदानमा हुमिन पनि आग्रह गरेका थिए ।

अधिवेशन वाट अध्यक्ष मा रुपक बुढा उपाध्यक्ष मा नवराज वली सचिव प्रबिन घर्ती मगर सह- सचिव दिलिप रावत, सेर बहादुर चन्द कोषाध्यक्ष केसरी बस्नेत सहित ६३ सदस्यीय कमिटी गठन भएको छ ।

प्रतिक्रिया दिनुहोस