सल्यान, १० असोज । सल्यानको लान्तीमा ट्रेक्टर र मोटरसाईकल एक […]
२० शुक्रबार, सलयान । आइतबार देखि राप्ती राजमार्गकाे दाङ-सल्यान सडक खण्ड दैनिक ८ घण्टा ३० मिनेट बन्द हुने भएकाे छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय सल्यानले जारी गरेकाे सुचना अनुसार राप्ती राजमार्ग अन्तर्गत सल्यान दाङ सडक खण्डमा पर्ने कपुरकाेट – चोरखोला खण्डमा स्तर उन्नति गर्ने प्रयाेजनकाे लागि दैनिक ८ घण्टा ३० मिनेट राजमार्ग बन्द गर्न लागिएको हो ।
जसअनुसार बिहान ७ देखि ९ बजेसम्म र बिहान ११ बजेदेखि दिउँसो ३ र बेलुका ५ बजेर ३० मिनेट ८ बजेसम्म १० दिन आवागमन बन्द गरिने उनले बताए ।
फाल्गुन २३ गते देखि चैत्र १ गतेसम्म दैनिक तीन चरणमा गरी जम्मा ८ घण्टा ३० मिनेट सडक बन्द गरिने सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले जानकारी दिए ।
उक्त सडक स्तरोन्नतिको जिम्मा नान्जिला एण्ड आकांक्षा जेभीले लिएको छ ।
साथै अत्यावश्यक अवस्थामा वैकल्पिक मार्गकाे रुपमा रहेकाे पैयाँखोर–कपुरकोट डाइभर्सन प्रयोग गर्न सकिनेछ । तर याे रुट साँघुराे भएकाेले साना सवारी साधन मात्रै एकतर्फी रुपमा संचालन गर्न सकिन्छ ।