सल्यान, १६ भदौ । सल्यान खलंगास्थित एमएम एकेडेमी प्रालिले बाढीपीडितका […]
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन जारी सभापतिको मतगणनामा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् । उनलाई शेखर कोइरालाले पछ्याइरहेका छन् ।
एक हजार दुईसय मतगणना हुँदा देउवाले ५७२ मत प्राप्त गरेका छन् । कोइरालाले ४५५ मत पाएका छन्।
कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २३४० मत चाहिन्छ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ
