देउवाकाे अग्रता कायमै ९५० मतगणना हुँदा ४५६ पाए

२०७८ मंसिर २८

नेपाली कांग्रेसको १४औँ महाधिवेशन जारी सभापतिको मतगणनामा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् । उनलाई शेखर कोइरालाले पछ्याइरहेका छन् ।

९५० मतगणना हुँदा ४५६ मत प्राप्त गरेका छन् । कोइरालाले ३५७ मत पाएका छन् ।

कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २३४० मत चाहिन्छ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस