सल्यानमा दुई मोटरसाइकल एक आपसमा ठोकिदा तीन जना घाइते भएका […]
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सुरु भएको सभापतिको मतगणनामा शेरबहादुर देउवाले अग्रता लिएका छन् । प्रारम्भीक मतगणनामा देउवाले अग्रता लिएका हुन् ।
२५० मतगणना गर्दा शेरबहादुर देउवाले १३२ मत पाएका छन् । डा. शेखर कोइराला ८१ मत, विमलेन्द्र निधिले १२, प्रकाशमान सिंहले २२ र कल्याण गुरुङले १ मत पाएका छन् ।
कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २३४० मत चाहिन्छ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।