सल्यानमा दुई मोटरसाइकल एक आपसमा ठोकिदा तीन जना घाइते भएका […]
सल्यान, १८ मंसिर ।नेकपा कम्युनिस्ट पार्टी (एमाले) छत्रेश्वरि गाउँ कमिटि सल्यानको पहिलो बैठक शनिबार सम्पन्न भएको छ । गाउँपालिका कमिटी अध्यक्ष ज्ञान वहादुर खड्काकाे अध्यक्षतामा सम्पन्न बैठकले संगठन विस्तार र सुदृढीकरणमा जोड दिने निर्णय गरेको छ ।
बैठकमा सम्बोधन गर्दै एमाले कर्णाली प्रदेश कमिटी सदस्य ओज बहादुर बुढाथोकीले एमालेप्रती देशब्यापी जनलहर बढेको बताउदै समाजमा विकास निर्माण संगै हरेक सकारात्मक कामको नेतृत्व एमालेले नै गर्नसक्ने बताए । उनले सबै जनालाइ एमालेमा गोलबन्द बनाइ पार्टीलाई मजबुत बनाउनुपर्नेमा जोड दिए ।
बैठकमा नेकपा एमाले जिल्ला कमिटी सदस्य कुन्ता बस्नेत , फाैद वहादुर बस्नेत , खड्क शाहि, वडा कमिटीका अध्यक्षहरु, गाउँ कमिटी सदस्यहरु र वडा कमिटी सदस्यहरुकाे समेत उपस्थिति रहेकाे थियाे । बैठकको सहजीकरण देवराज घर्तीले गरेका थिए ।