काङ्ग्रेस निर्वाचन : सभापतिमा धुर्व पुरी र उप सभापतिमा सन्तोश के सीको अग्रता

०७ मंसिर २०७८


मंसिर ७, सल्यान । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनको लागि सल्यानमा भएको चुनावी प्रतिस्पर्धामा ११ सय १ मत गणना हुदा सभापति पदमा धुर्वराज पुरीले अग्रता कायम गरेका छन ।

११०१ मत गणना हुदा सभापतिमा धुर्वराज पुरीले अग्रता कायम गरेका हुन । उनले बिष्ट भन्दा ७ मत बढी जोडेका छन । पुरीले ५४६ मत ल्याएका छन भने केशबहादुर बिष्टले ५३९ मत जोड्न सफल भएक छन ।

त्यस्तै उपसभापति पदमा बिष्ट प्यानलका सन्तोष केसी र पुरी प्यानलका चक्र देवकोटाले अग्रता कायम गरेका छन भने सचिवमा प्रकाश भण्डारी र एकराज बुढाथोकीले लिड गरेकाछन ।

सहसचिवमा जनकराज गौतम र बुद्धिप्रकाश हमालले अग्रता कायम गरेका छन ।

हेर्नुहोस मत परिणम :

सभापति
केश बहादुर बिष्ट :-५३९
ध्रुब राज पुरी :-५४६

उप-सभापति
गोपाल बुढाथोकी:-४५६
चक्र बहादुर देवकोटा:-५२२
दिल्ली बहादुर बुढाथोकी:-४९८
सन्तोष के.सी:- ५६३

सचिब
प्रकाश भण्डारी:-६३१
लोक राज आचार्य:-४३१
एक राज बुढाथोकी:-५०४
दिल्ली प्रसाद जैसी:-४८०

सह-सचिब
खिम बहादुर रावत:-५०५
जनक राज गौतम:-५६५
पदम बहादुर बुढाथोकी:-५०४
बुद्धि प्रकाश हमाल:-५१३

प्रतिक्रिया दिनुहोस