काँग्रेस सल्यानको निर्वाचन : १२२७ मत खस्यो, आजै मत गणना शुरुहुने

०६,मंसिर २०७८

सल्यान ६, मंसिर । नेपाली काँग्रेसको १४औँ महाधिबेशन अन्र्तगत सल्यानमा जारी निर्वाचनको मतदान सम्पन्न भएको छ । बिहान ८ बजे देखी नै मतदान शुरु गर्ने भनिएपनि केही समय ढिला भएको थियो । बिहान ढिला गरेर शुरु भएको मतदान कार्य झण्डै साढेँ पाँच बजे सम्पन्न भएको हो । जिल्लाभर १ हजार २ सय ८० मतदाता रहेको १ हजार २ सय २७ मत खसेको निर्वाचन अधिकृत सुनिल श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार ५३ मत खसेन् । उहाँले झण्डै ९६ प्रतिशत मत खसेको जानकारी दिनुभयो । नेपाली काँग्रेस सल्यानको सभापतिमा केश बहादुर बिष्ट र धुर्वराज पुरीका विचमा कडा प्रतिस्पर्धा हुदैँ छ । देउवा पक्षबाट बिष्ट र पौडेल पक्षबाट पुरीको प्रतिस्पर्धा हुन लागेको हो । बिष्ट जिल्ला समन्वय समितीका प्रमुख हुनुहुन्छ भने पुरी पुर्वजिविस सभापति हुनुहुन्छ ।

यस्तै बिष्टको टिमबाट उपसभापतिमा सन्तोष केसी र गोपाल बुढाथोकी, सचिवमा दिल्ली प्रसाद जैसी र एकराज बुढाथोकी, सहसविचमा खिम बहादुर रावत र बुद्धि प्रकाश हमालले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । यस्तै पुरीको टिमबाट उपसभापतिमा चक्र देवकोटा र डिल्ली बहादुर बुढाथोकी, सचिवमा प्रकाश भण्डारी र लोकराज आचार्य, सहसचिवमा जनकराज गौतम र पदम बहादुर बुढाथोकीले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

निर्वाचन अधिकृत श्रेष्ठले आजै बेलुका देखी मतगणना शुरु गरिने जानकारी दिनुभयो । मतगणना सम्बन्धि आवश्यक आचारसंहिता तयार पारेर आजै बेलुका देखी मतगणना शुरु गरिने उहाँले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस