नेपालमा पनि जारी हुन थाल्यो ई-पासपाेर्ट

१ मंसिर, २०७८ बुधबार

मंसिर, काठमाण्डौ – राहदानी विभागले आज देखि ई–पासपोर्ट जारी गर्ने थालेकाे छ । राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालका अनुसार अहिले जारी भइरहेको एमआरपी पासपोर्टभन्दा पनि सुरक्षित, प्रभावकारी रहेकाे र अन्तर्राष्ट्रिय स्तरको ई–पासपोर्ट रहेकाे बताएका छन ।

ई–पासपोर्ट जारी गर्ने कार्य भईसकेकाेले र्ई–पासपोर्ट नै लिनुहोस्,‘तर एमआरपीको म्याद छ भने त्यो म्याद कायम रहँदासम्म ई – पासपोर्ट बनाउन आवश्यक छैन ।’

विभागले ई–पासपोर्ट जारी गर्न थालेकाेले पहिलो चरणमा धेरै पासपोर्ट जारी हुने र सुगमका केही जिल्ला प्रशासन कार्यालयबाट ई–पासपोर्ट जारी गर्ने तयारी रहेको विभाग निर्देशक अर्याझले बताउनुभयो ।
उहाँका अनुसार डेढ महिनाभित्र केही जिल्ला प्रशासन कार्यालयबाट पनि ई–पासपोर्ट जारी हुन्छ । बिस्तारै सबै जिल्लाबाट ई–पासपोर्ट जारी हुनेछ । तर ई–पासपोर्ट जारी हुन थालेपछि जुन जिल्लाबाट ई–पासपोर्ट जारी हुन्छ ती जिल्लाबाट एमआरपी पासपोर्ट जारी हुने छैन ।

के हो ई–पासपोर्ट ?

हातले लेख्ने पासपोर्ट हुँदै मेसिनले पढ्ने र अहिले ई–पासपोर्ट आएको हो । चिप्स र विद्युतीय बारकोडसहित यो विशेष र सुरक्षित पासपोर्ट हो ।
विश्वका १२० भन्दा बढी देशहरूले अहिले ई–पासपोर्ट जारी गरिरहेका छन् । ई–पासपोर्टमा चिप्स हुन्छ र त्यसमा पासपोर्टवाहकको सबै जानकारी उपलब्ध हुन्छ । यसका साथै नेपालमा जारी भएको पासपोर्ट आधिकारिक हो कि होइन भनेर त्यसको डिजिटल सिग्नेचर र ‘कि’हरू आइकाओमार्फत सम्पूर्ण देशमा शेयर हुने भएकाले संसारका सबै अन्तर्राष्ट्रिय अध्यागमन मै पासपोर्टको आधिकारिकता र पासपोर्ट बोकेको मानिस हो कि होइन भनेर जाँच गर्न सकिने निर्देशक शरद राजले जानकारी दिनुभयो ।

ई–पासपोर्ट एमआरपीभन्दा बढी सुरक्षित, आधिकारिक र अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त पासपोर्ट हो ।
एमआरपीको तस्बिर भएको पेज अर्थात् डाटा पेजमा ‘अप्टिकल क्यारेक्टर रिकग्नाइजेसन फम्र्याट’मा मेसिन रिडेबल जोन हुन्छ । पासपोर्ट रिडर मेसिनले रिड गर्दा त्यसमा उल्लेखित महत्वपूर्ण विवरणहरू देखिन्छन् ।
विद्युतीय चिप र एन्टेनासमेत जडान गरिएको हुनाले यात्रा गर्दा अध्यागमनमा सहज हुन्छ । चिपमा औँठाछाप, तस्बिर लगायतका व्यक्तिगत विवरणहरू हुन्छन् । यी विवरणहरू राखेर चिप लक गरिसकेपछि कसैले थपघट वा फेरबदल गर्न नसक्ने हुनाले यसको आधिकारिकता धेरै हुन्छ ।
साधारण पासपोर्टको रङ्ग भने परिवर्तन हुनेछ । साधारण पासपोर्ट चकलेटी खैरो हुन्छ भने यसको पृष्ठ पनि ३४ र ६६ पेज गरी दुई प्रकारका हुनेछ ।

लाइभ इन्रोलमेन्ट, पासपोर्ट ढिलो बन्ने समस्याको अन्त्य

ई–पासपोर्ट अनलाइनमार्फत लाइभ इन्रोलमेन्ट हुन्छ । लाइभ इन्रोलमेन्ट सिस्टम भएको हुँदा सम्बन्धित व्यक्ति जिल्ला प्रशासन कार्यालयमा गएर पैसा तिरेपछि फोटो खिच्नेदेखि अन्य काम कम्प्युटरमार्फत नै हुनेछ ।
जिल्ला प्रशासनबाट लाइभ आवेदन हुने हुँदा विभागले तत्काल पासपोर्ट प्रिन्ट गरेर जिल्ला प्रशासन कार्यालयलाई पठाउने छ । यो व्यवस्थाले जिल्ला प्रशासन कार्यालयले फारम सङ्कलन गरेर विभागमा ल्याउनु पर्ने, विभागले फेरि जाँच गरेर प्रक्रिया अघि बढाई प्रिन्ट गर्नु पर्ने र प्रिन्ट भएका पासपोर्ट पठाउँदा लाग्ने समय बचत हुनेछ ।

राहदानी विभागका निर्देशक अर्यालका अनुसार ई–पासपोर्ट जारी हुन थालेपछि आवेदन दिएको १५ दिन भित्र सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाटै ई–पासपोर्ट लिन सकिनेछ । यसअघि एमआरपी बनाउँदा जस्तो डेढदेखि दुई महिना कुर्न पर्दैन ।
जिल्ला प्रशासन कार्यालयबाट मात्र नभई विदेशमा रहेका नेपाली नियोगबाट पासपोर्टका लागि आवेदन दिनेहरूको हकमा पनि यही व्यवस्था लागू हुनेछ ।

‘अहिले विदेशबाट राहदानी नवीकरणका लागि लामो समय लाग्छ किनभने, आवेदन दिन पर्‍यो, त्यसको सङ्कलन, डिप इमेल, त्यसको अन्य प्रक्रिया र प्रिन्ट गरी पठाउँदा लामो समय लागिरहेको छ,’ निर्देशक भन्नुभयो,‘अब ई–पासपोर्ट भएपछि यो झन्झण्ट रहँदैन र लामो समय पनि कुर्न पर्दैन ।’

म्याद रहँदासम्म एमआरपी पासपोर्ट चल्छ

ई–पासपोर्ट जारी हुँदैमा एमआरपी पासपोर्ट नचल्ने भन्ने हुँदैन । अहिले जारी भएको एमआरपीको म्याद रहँदासम्म एमआरपी पासपोर्ट चल्छ । तर त्यसको म्याद सकिएपछि भने नयाँ बनाउँदा ई–पासपोर्ट नै जारी हुन्छ ।
ई–पासपोर्ट जारी हुन थालेपछि विभागले नयाँ एमआरपी पासपोर्ट जारी गर्ने छैन ।

कति समय लाग्छ ई–पासपोर्ट बनाउन

महानिर्देशक डोरनाथ अर्यालले भने, ‘प्राविधिकहरुको भनाइअनुसार अब विगतको भन्दा ६० देखि ७० प्रतिशत समय बचत हुन्छ।’ उनले राहदानी बनाउने कार्यालयमा सेवाग्राहीलाई १५ मिनेटभन्दा बढी समय नलाग्ने पनि बताए।

ई-पासपोर्ट सार्वजनिक कार्यक्रममा विभागका
‘सेवाग्राहीले अनलाइनबाट प्रि-इनरोलमेन्ट फर्म भरेर समय लिइसकेपछि कार्यालयमा आएर त्यसलाई रुजु गर्ने, फोटो खिच्ने, आइरिस र औँठा छाप दिने कामहरु हुन्छ। यसका लागि हामीले एउटा सेवा ग्राहीका लागि १५ मिनेटको समय छुट्याएका छौँ’, महानिर्देशक अर्यालले भने।

प्रतिक्रिया दिनुहोस