सल्यान, १२ भदौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित […]
नेकपा (एमाले)ले १० औं महाधिवेशनको लाेगाे र नारा सार्वजनिक गरेको छ ।
पार्टी कार्यालय च्यासलमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका महासचिव ईश्वर पोखरेलले महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेका हुन।
‘दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकताको अन्त्य गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार तय गरौँ’ भन्ने नारा रहेको छ भने लोगोमा गैँडाले कम्युनिस्ट पार्टीको झण्डा बोकेको छ ।
एमालेको १०औँ महाधिवेशन आगामी मङ्सिर १०–१२ गतेसम्म चितवनमा हुने तय भएको छ । देशभरबाट महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने काम भइरहेको छ ।
