सल्यानमा दुई मोटरसाइकल एक आपसमा ठोकिदा तीन जना घाइते भएका […]
सल्यान, २४ कार्तिक ।
नेकपा एमाले सल्यानले २५ गते विहिबार जिल्ला कमिटी बैठक बोलाएको छ । महाधिवेशन प्रतिनिधी छनौट लगाएतका विषयमा छलफल र आवश्यक निर्णय लिन बैठक डाकिएको एमाले सल्यानले जनाएको छ ।
विहिबार विहान ११ बजे खलंगा स्थित पार्टी कार्यालयमा जिल्ला कमिटी बैठक बस्न लागेको एमाले सल्यानका उपसचिव दान बहादुर केसीले जानकारि दिए । उनका अनुसार बैठकमा प्रतिनिधी छनौट संगै संगठन विस्तार, परिचालन, पार्टी कमिटीको अवस्था लगाएतका विषयमा पनि छलफल हुनेछ ।
४१ सदस्यीय युवा संघको वडा कमिटी निर्माण
यसैविच सल्यानको दार्मा गाउँपालिका ५ मा नेकपा एमालेले राष्ट्रिय युवा संघको वडा कमिटी निर्माण गरेको छ । वडा सम्मेलन मार्फत बुधबार आशिष चन्द अध्यक्ष रहेको ४१ सदस्यीय युवा संघको वडा कमिटी निर्माण गरिएको एमाले दार्माले जनाएको छ । जसको उपाध्यक्षमा अमर खड्का, सचिवमा मनोज बाबु खड्का, सहसचिवमा रमेश केसी र पहल खड्का तथा कोषाध्यक्षमा मनिषा चन्द रहेका छन् ।
“नयाँ नेतृत्व नयाँ दार्मा“ को नारा सहित १८ वर्ष माथीका युवाहरु समेटिएको वडा कमिटी निर्माण भएको एमाले दार्मा गाउँपालिका इन्चार्ज गणेशमान सिंहले जानकारि दिए । दार्माका सबै वडाहरुमा यसरी नै वडा सम्मेलन पछि पालिका सम्मेलन गरिने उनले जनाए ।