तरुणदल र YCLका वडा सचीव सहित १६ जना काँग्रेस र माअाेवादि परित्याग गरि एमाले मा प्रवेश

२०७८कार्तिक २३

नेकपा एमाले छत्रेस्वरी गाउँपालिका २ नं वडा कमिटी द्वारा आयोजित अगुवा कार्यकर्ता भेला तथा संगठन बिस्तार कार्यक्रममा नेपाल तरुण दल २ न. वडा कमिटीका सचीव मधुसूदन ओलि र पालिका सदस्य कालीबहादुर राना सहित ११ जनाले काग्रेस परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन । यसै गरि YCL २ न. वडा कमिटीका सचिव गोबिन्द पुन सहित दिवाकर पुन,हरि पुन,सन्जय घर्ति र बिजय ओलि ले नेकपा माओवादी केन्द्र परित्याग गरि एमालेमा प्रवेश गरेका हुन ।

वडा उपाध्यक्ष क.रेशम बुढाको अध्यक्षता र केन्द्रिय सदस्य माननीय गुलाबजङ्ग शाह ज्यु को प्रमुख आतिथ्य ,
प्रदेश कमिटी सदस्य ओज बहादुर बुढाथोकी,छत्रेस्वरी पार्टी अध्यक्ष ज्ञान बहादुर खड्का,जनजाति राष्ट्रिय महासंघ केन्द्रिय सदस्य चक्र बि एम,नेकपा एमाले सल्यान- काठमाडौ सम्पर्क मंचका अध्यक्ष फौद बहादुर बस्नेत,किसान महासंघ कर्णाली प्रदेश सदस्य बेल बहादुर घर्ती,खड्क शाही र पालिका सदस्यहरु/वडा पदाधिकारी र सदस्यहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएकाे थियो ।

भेलाले मधुसूदन ओलिको अध्यक्षतामा १७ सदस्यीय राष्ट्रिय युवा संघ र बिशाल बुढाको अध्यक्षतामा११ सदस्यीय अनेरास्ववियु वडा कमिटी गठन गरेकाे छ ।भने उक्त कार्यक्रमकाे संचालन बिशाल पुन ले गरेका थिए।

प्रतिक्रिया दिनुहोस