कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले लेखा समूहका कर्मचारीहरुको […]
कर्णाली नदी तर्ने क्रममा डुंगा दुर्घटना हुँदा एक जना बेपत्ता भएका छन भने पाँच जनाको सकुशल उद्दार गरिएको छ । सुर्खेतको चौकुने गाउँपालिका वडा न.१० कुमालाबाट कैलालीको मोहन्याल गाउँपालिका-३ राजीरिक्चातर्फ आउँदै गरेको डुंगा कर्णाली नदीमा पल्टिदा उक्त डुंगामा सवार ६ जनामध्ये सुर्खेत चौकुने गाउँपालिका वडा न.१० कुमाला बस्ने वर्ष १७/१८ की अनिता वि.क बेपत्ता भएको र अन्य पाँच जनाको सकुशल उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए । उनले बेपत्ताको खोजी कार्य भै रहेको बताए ।