सल्यान, १९ माघ । सल्यानमा नवग्रह बाटिका निर्माण गरिएको छ […]
८ असोज |नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग सहकार्य बढाउन नेता/कार्यकर्तालाई निर्देशन दिएका छन् । काभ्रेमा पार्टीको भ्रातृ संगठन वाईसीएल नगर कमिटीको भेलालाई बिहीबार सम्बोधन गर्दै उनले नेकपा एस गठन हुनुमा आफ्नो पनि मिहिनेत कम नभएको बताए ।
उनीहरू कति छन्, कस्तो अवस्थामा छन्, तपाईंहरूलाई थाहा होला, उहाँहरूसँग सहकार्य बढाउनुहोला,’ दाहालले भने, ‘किरणजी होस् वा विप्लवजी, मोहनविक्रमजी, बाबुरामजीहरू होस् हार्दिकतापूर्वक अन्तक्र्रिया बढाउनुहोला, केन्द्रमा हामीले पनि बढाइरहेका छौं ।’
आफूलाई बिग्रिएको र क्रान्तिको नेतृत्व गर्न नसक्ने आरोप लगाउने गरिएको भन्दै उनले पार्टीलाई कमजोर पार्न विदेशी साम्राज्यवादी, प्रतिक्रियावादी शक्तिहरू कसरी लागेको नजिकबाट देखेको बताए । उनले माओवादी केन्द्रसँग एकता हुने लहर सुरु भएको दाबीसमेत गरे । ‘माओवादी नै ठीक रहेछ, प्रचण्डले नै देशको रक्षा गर्ने रहेछ भन्ने लाइनमा आएका छन्,’
किरणजी, विप्लवजी, मोहनविक्रमहरूसँग छलफल चलिरहेको छ, बाबुराम–उपेन्द्रजीहरूसँग त हामी गठबन्धनमा नै छौं, छिट्टै एउटै केन्द्र बनाउने कुरा गरेका छौं । मेरा लागि योभन्दा खुसीको कुरा अरू केही हुन सक्दैन ।’
उनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को कारण देखाएर गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको भन्दै आफ्ना लागि गठबन्धन नै महत्त्वपूर्ण भएको बताए । ‘एमसीसीको कुराले गठबन्धन टुट्छ कि भनेर केही लागेका छन्, परिमार्जन, संशोधन गरेर देशको हितमा प्रयोग गर्नुपर्छ भन्ने पक्षमा हामी छौं,’ उनले भने, ‘त्यसको कारण गठबन्धन टुट्दैन, हाम्रा लागि गठबन्धन महत्त्वपूर्ण कुरा हो ।’ एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कडा टिप्पणी गरेका उनले एकताका बेला भएको समझदारी पालना नगरेर ओलीले ‘महान् नेता’ हुने अवसर गुमाएको बताए ।