वृहत भेलाका विच युवा संघ कपुरकोटको ४५ सदस्यीय कमिटी गठन, वडाहरुमा पनि संयोजक तोकियो

२०७८ असोज २

नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ कपुरकोट गाउँपालिकाले वृहत भेला सहित प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न गरेको छ । भेलाले कुवेर केसी संयोजक रहेको ४५ सदस्यीय पालिका कमिटी पनि गठन गरेको छ । यस्तै कपुरकोटका ६ वटै वडामा संयोजक पनि तोकिएको युवा संघ सल्यानका अध्यक्ष रुपक बुढाले जानकारि दिए । वडा नं १ मा नर बहादुर राना, २ मा विर सिं विक, ३ मा चन्द्रमणी खड्का, ४ मा विश्वास बुढा, ५ मा गेहेन्द्र पुन र ६ मा नविन महतारालाई वडा संयोजकको रुपमा चयन गरिएको बुढाले बताए ।

कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा जिल्ला कमिटी उपाध्यक्ष भिम बहादुर सेनले उत्साहका साथ युवाहरुको भेलामा देखिएको सहभागिताले जनताको प्रिय पार्टी नेकपा एमाले अझै शशक्त बनेको बताए । कपुरकोट गाउँपालिकाका अध्यक्ष समेत रहेका सेनले देशभरको अवस्था हेर्नेहो भने केवल ९ प्रतिशत मात्रै समाजवादीतीर विभिन्न प्रलोभनमा परेर गएको भन्दै खराव तत्वहरु आफै वाहिरिदा पार्टीमा थप हौसला र उमंगको संकेत देखिएको जनाए ।

प्रशिक्षण कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य तथा कपुरकोट गाउँपालिका संयोजक घनश्याम शर्मा, जिल्ला कमिटी सदस्य तथा त्रीवेणी गाउँपालिका संयोजक लोकेन्द्र खड्का, जिल्ला कमिटी सदस्य तथा कपुरकोट गाउँपालिका सह संयो ओम बहादुर बुढा, युवा संघ सल्यानका संयोजक रुपक बुढा लगाएतले बोल्दै जनप्रिय काम र विकास निर्माणका कामले एमाले झनै मजबुत बन्दै गएको बताएका थिए ।

भेला तथा प्रशिक्षण कार्यक्रममा युवा संघका केन्द्रिय सदस्य द्रोण केसी, अनेमसंघ जिल्ला कमिटी सदस्य भिमा बुढाथोकी, नेपाल राष्ट्रिय शिक्षक संगठन कपुरकोटका निवर्तमान अध्यक्ष पदम खड्का, एमाले पालिका कमिटी सदस्य तथा वडा नं ४ का संयोजक मित्र कठायत, पालिका कमिटी सदस्य तथा वडा नं ५ का अध्यक्ष नन्दराम खत्री, वडा नं ३ का पार्टी संयोजकरुद्रबिर कवर, वडा नं २ का संयोजक नवराज बुढा, एमाले पालिका कमिटी सदस्य इश्वर बुढा, युवा संघ सल्यान ख का संयोजक क. डिल्ली खड्का, युवा संघ सल्यान सचिवालय सदस्य मिलन पुन, युवा संघ जिकस निर्माण राना, दुर्गा घर्ती, पन्चबिर बुढा, क. पिमलाल बोहोरा, गोविन्द बुढा, दिपक बिक लगाएत सयौँ युवाहरुको उपस्थिति रहेको थियो । युवा संघ जिल्ला कमिटी सदस्य टंकराज नेपालीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन अर्जुन डाँगीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस