सल्यान, २० असोज । परामर्श र सचेतना कार्यक्रमहरू स्वास्थ्य सेवा […]
२६ भदौ|नेपाली नारीहरुको महान पर्व तीजको अन्तिम दिन शनिबार ऋषि पञ्चमीका पूजा गरी सम्पन्न भएको छ। यस वर्ष पनि कोभिड—१९ महामारीका कारण स्वास्थ्य मापदण्ड अपनाएर तीज पर्व मनाएर सम्पन्न भएको छ।
कोरोना महामारीका कारण बन्द रहेका देशका अधिकांश शिव मन्दिर कोरोना संक्रमण कम हुँदै गएपछि तीजको आगमन सगैँ खुल्ला गरिएका थिए। स्वास्थ्य मापदण्ड र सामाजिक दूरी कायम गरेर मन्दिर खुला गरिएको थियो।
हरितालिका तीजमा व्रत बसेका महिलाले विशेषगरी पञ्चमीका दिन विधिपूर्वक स्नान गरी शुद्ध भएर सप्तऋषिको पूजा गर्ने गर्छन्।
भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमीमा महिलाले बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गइ ३६५ वटा दत्तिवनले दाँत माझने, गाईको गोबर, माटो एवं खरानी लगाइ स्नान गनर्दछन्।
सल्यानमा पनि छत्रेश्वरी, शिव मन्दिर मोखला, दमाचौर, लगाएतका जिल्लाका बिभिन्न स्थानमा रहेका मन्दिरमा महिलाले पञ्चमीको पूजा गरेका छन।