पार्टीको महाधिवेशन तत्काल नगर्दा कांग्रेसको वैधानिकतामा कुनै असर नपर्ने रिट निवेदनमा उल्लेख छ । आइतबारका लागि उक्त विषयमा सुनुवाइ हुनेछ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म हुने तय गरिएको छ भने भोलीदेखि वडा तहको अधिवेशन सुरु हुँदै छ ।
१७ भदौ, काठमाडौं । सर्वोच्च अदालतमा नेपाली कांग्रेसको १४औँ महाधिवेशन रोक्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ । वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले कोरोना नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेर कोरोनाको जोखिम न्यूनीकरण भएपछि मात्र महाधिवेशन गर्नुपर्ने आदेशको माग गर्दै उक्त रिट निवेदन दायर गरेका हुन्।
प्रतिक्रिया दिनुहोस
