बागमतीमा एमालेका १२सांसदले रोजे एकीकृत समाजवादी, मुख्यमन्त्री शाक्य अल्पमतमा

१५ भदौ २०७८, मंगलवार

१५ भदौ |बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । एमालेका १२ जना सांसदले एकीकृत समाजवादी रोजेपछि शाक्य अल्पमतमा परेकी हुन् ।

गत २ भदौमा मुख्यमन्त्रीको पदभार ग्रहण गरेकी उनी अन्ततः १४ दिनमै अल्पमतमा परेकी हुन् । एमालेका राजेन्द्र पाण्डे, मुनु सिग्देल, रमा आले मगर, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईं, माधव पौडेल, वसन्त मानन्धर, पार्वती सिलवाल, कुसुम कार्की, इन्द्रमाया गुरुङ राजेन्द्रमान श्रेष्ठ र कृष्ण खनालले एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।  त्यसैगरी अन्य प्रदेश सभा सदस्यहरुले भने भोलि सनाखत गर्ने बताइएको छ ।

लामो समय माधव समूहमा रहेकी शाक्य मुख्यमन्त्री बन्ने भएसँगै केपी ओली समूहमा गएकी थिइन् । एमालेभित्रको शक्ति संघर्षमा माधव नेपाललाई साथ दिँदै आएकी उनी २ भदाैमा एमाले बागमती प्रदेश संसदीय दलको नेता चयन हुँदै मुख्यमन्त्री बनेकी हुन् ।



प्रतिक्रिया दिनुहोस