कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले लेखा समूहका कर्मचारीहरुको […]
२७,श्रावण| सरकारले भुमी सम्बन्धी समस्या समाधान आयाेग खारेज गरेकाे विराेध गर्दै मानव अधिकार एलाईन्स सल्यानले प्रधानमन्त्री सेर बहादुर देउवालाइ ध्यानाकर्षण पत्र पठाकाे छ ।
बुधबार सल्यानमा क्रियाशिल विभिन्न संघ सस्थाहरुमा आवद्ध मानवअधिकारकर्मीहरुले प्रमुख जिल्ला अधिकारी लक्षमीदेवी हुमागाइमार्फत प्रधानमन्त्रीलाइ ध्यानाकर्षण पत्र पठाएका हुन् ।
२०७८ साउन १९ गते मन्त्री परिषद्काे बैठकले आयाेग खारेजी गर्दा नेपालकाे संविधानकाे धारा ३७ अन्तर्गतकाे आवासकाे हक, धारा ४० अन्तर्गत दलितकाे हक र धारा ४२ काे सामाजिक न्यायकाे हककाे सुनिश्चितता हुने विषयलाइ अन्याैलता तर्फ लगेकाे ध्यानाकर्षण पत्रमा उल्लेख गरिएकाे छ ।
साे निर्णय फिर्ता लिइ भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसाेबासीहरुकाे सम्मान गर्न पत्रमा माग गरिएकाे छ।
त्यस्तै, महाकाली नदिमा साउन १५ गते भारतीय सुरक्षाकर्मीले तुइन काटेर वेपत्ता पारिएका जयसिंह धामी घटनाकाे छानविन गरी कारबाहीकाे माग समेत पत्रमा गरिएकाे छ ।
नागरिकहरुलाइ काेराेना खाेपकाे सुचिश्चितता गर्न लगाएतका मागहरु समेत ध्यानाकर्षण पत्रमा उल्लेख गरिएकाे छ । प्रमुख जिल्ला अधिकारीले आजै उक्त पत्र सरकारलाइ मेलमार्फत पठाउने बताइन् ।