सल्यान, १९ माघ । सल्यानमा नवग्रह बाटिका निर्माण गरिएको छ […]
सल्यान,७ साउन| सल्यान जिल्ला अस्पतालमा रहेकी सुत्केरीको फोक्सोमा समस्या आएपछि हेलिकप्टरबाट उद्धार गरिएको छ।
महोत्तरी सोनाम गाउँपालिका–१ घर भई सल्यान शारदा नगरपालिका–२ बस्ने २१ वर्षीया अर्चना यादवको हेलिकप्टरबाट उद्धार गरि सुर्खेत लगिएको हो।
शल्यक्रियाबाट बच्चा जन्माएको दुई दिनपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत पठाइएको सल्यान जिल्ला अस्पतालका डा. भीमकान्त जैसीले जानकारी दिए।
अचानक अक्सिजन कम भई अप्रेशन पछिको जटिलता वा फोक्सोको रोग हुन सक्ने भएकाले उनलाई सुर्खेत पठाइएको जैसीले बताए।
फाइल तस्विर