बागचौर नगरपालिका क्षेत्रभित्र सञ्चालित संस्थागत विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने […]
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी भित्र देखिएको विवाद निरुपणका लागि इजलासमा सुनुवाइ जारी छ । आज बुधबारसम्म जसपा विवादका बारेमा आयोगले प्राप्त गरेको कागजात अनुसार जसपाको महन्थ ठाकुर पक्ष भन्दा उपेन्द्र यादव पक्ष बलियो देखिएको छ ।
आयोगको इजलासले गत सोमबार दुबै पक्षबाट विवाद शुरु भएयता गरिएका काम कारवाही बारेका निर्णयका सक्कल कागजात दुबै पक्षसँग मागेको थियो । सो कागजातको अध्ययनपछि आयोगले अहिले दुबै पक्षका अधिवक्ताहरुलाई दुई दुई घण्टा समय दिएर बहस गरिरहेको छ ।
‘अहिले दुबै तर्फबाट बहस जारी छ, बहसमा तीन तीन जना अधिवक्ता सहभागी हुनुहुन्छ, दुबै पक्षमा दुई दुई घण्टा बहसका लागि दिइएको छ’ आयोगका एक आयुक्तले भने । उनका अनुसार आज नै आयोगको इजलासमा हुने दुबै पक्षको बहस र सुनुवाइ टुंगिने छ । त्यसपछि आयोगले बहस नोट माग्ने छ । र बहस नोटकोसमेत अध्ययन गरेर आधिकारिकता सम्वन्धी विषयमा निर्णय लिनेछ ।
आयोग उच्च स्रोतका अनुसार केन्द्रीय कार्यकारिणी समितिमा जसको बहुमत देखिन्छ उसैले जसपाको आधिकारिकता पाउने छ । कार्यकारिणी समितिमा यादव पक्ष बलियो छ । यादव पक्षले ५१ सदस्यीय कार्यकारिणी समितिमा ३३ जना आफ्नो पक्षमा रहेको दाबी गर्दै आइरहेको छ । अर्को कुरा हालसम्म आयोगले पाएको कागजातलाई आधार मान्दा पनि यादव पक्ष नै बलियो देखिएको छ ।
त्यसका लागि आयोगले दुबै पक्षका केन्द्रीय कार्यकारिणी समितिमा रहृेका नेताहरुलाई नागरिकता वा मदताता परिचतय पत्रसहित आयोगमा बोलाउनेसमेत तयारी गरिरहेको छ । यो सबै प्रक्रिया पुर्याएर छिटो निर्णय गर्न आयोग सक्रियतापूर्वक लागि रहेको छ । आयोगले दुबै पक्ष प्राप्त कागजात र प्रमाणका आधारमा विवाद टुंगाउन सहमत भए सहमतिमा नै विवादको निरुपण गर्ने सम्भावना पनि छ ।
आयोगले जसपा विवादबारे टुंगो लगाउन प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्सीय इजलास गठन गरेको थियो । सो इजलासले ३ साउनबाटै जसपा विवादबारे सुनुवाइ शुरु गरेको हो ।
आयोगले जसपा विवादबारे टुंगो लगाउन राजनीतिक दल सम्वन्धि ऐन २०७३ को व्यवस्था अनुसार प्रमुख आयुक्तको संयोजकत्वमा इजलास गठन गरेको थियो । इजलासमा आयुक्तहरु ईश्वरीप्रसाद पौडेल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर र सगुनशमशेर जबरा छन् ।

सल्यानका ८३ वटै वडामा एमालेको सशक्त परिचालन, टोलटोलमा चुनावी सरगर्मी
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सल्यानमा प्रतिनिधिसभा निर्वाचन लक्षित चुनावी […]
एमाले सल्यानले महाधिवेशनको सन्देश तल्लो तहसम्म पुर्याउदै, छत्रेश्वरीमा कार्यक्रम सम्पन्न
(एमाले) सल्यानले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनको सन्देश तल्लो तहसम्म […]
सल्यानबाट प्रतिनिधीसभाका लागि एमालेको तर्फबाट प्रदेश अध्यक्ष गुलावजंग शाह एकल सिफारिस
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कर्णाली प्रदेश कमिटीका अध्यक्ष गुलाबजंग शाह […]
