काठमाडौं । नेपालको सबैभन्दा पवित्र धार्मिक तीर्थस्थल मानिने पशुपतिनाथ क्षेत्रलाई […]
२९,असार|राष्ट्रपति कार्यालयले यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको पत्र सच्याएको छ । यसअघि राष्ट्रपति कार्यालयबाट देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिएको पत्रमा संविधानको कुनै धारा उल्लेख गरिएको थिएन ।
कुनै पनि धारा उल्लेख नगरि नियुक्तिको पत्र पठाएपछि देउवा र उनको सचिवालयले यसमा असन्तुष्टि जनाएको थियो ।
देउवाले पत्र नसच्एिसम्म आफू शितल निवास सपथका लागि नजाने अडान लिएपछि राष्ट्रपति कार्यालयले पत्र सच्याएको हो ।

