सल्यानमा दुई मोटरसाइकल एक आपसमा ठोकिदा तीन जना घाइते भएका […]
२२ असार |जनता समाजवादी पार्टी (जसपा)का दुई पक्ष अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव पक्ष आ–आफ्नो बाटो अलग अलग भएर हिड्ने गरि सहमति गरेका छन्। यससँगै (जसपा) फुटतर्फ अग्रसर भएको स्पष्ट देखिएको छ।
मंगलबार निर्वाचन आयोगमा भएको छलफलमा दुबैपक्ष पार्टी एकताको सट्टा फुटेर आ–आफ्नो बाटो लाग्न सहमत गरेका छन् । त्यो सँगै अब जसपा एक भएर अघि बढ्ने सम्भावना टरेको छ।
मंगलबार आयोगले सहमतिका लागि जसपाका दुवै पक्षलाई आयोगमा बोलाएर छलफल गरेको थियो । तर, दुवै पक्षले आफ्नो दावी नछोडेपछि आयोगले उनीहरुलाई दल दर्तासम्बन्धी ऐनअनुसार दावी लिएर आउन भनेको छ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले उनीहरु एकताका लागि सहमत नभइ फुट्नका लागि सहमत भएको बताए । उनले दुवै पक्षले आधिकारिकताका लागि दावी पेशसमेत गर्न सहमति भएको जानकारी दिए।
आयोगले जसपा विवाद समाधानका लागि बुधबार बढीमा ५ सदस्य नभए ३ सदस्य इजलास गठन गर्ने र आधिकारिकता सम्बन्धी विवाद निरुपण गर्नेसमेत बताएको छ। जसपाले दुवै पक्षले भने दल दर्तासम्बन्धी ऐन बमोजिम दावी पेश गर्ने सहमति जुटेको संचारकर्मीहरुलाई जानकारी दिए।
छलफलमा महन्थ ठाकुर पक्षबाट महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण, शरदसिंह भण्डारी, उमाशंकर अरगरिया, सुरेन्द्र झा लगायतका नेताहरू सहभागी थिए । यस्तै उपेन्द्र यादव पक्षबाट नेता यादवसहित मोहम्मद इस्तियाक राई, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरू सहभागी थिए।
अबको जसपा आधिकारिकता सम्बन्धी विवाद भने आयोगको इजलासले गर्ने निर्णयपछि मात्रै टुंगो लाग्नेछ।