मध्यावधि चुनावकाे लागि कार्यतालिका सार्वजनिक

२०७८ असार २१

२१ असार, काठमाडौं । निर्वाचन आयोगले आउँदो कार्तिक र मंसिरमा मध्यावधि चुनावकाे तयारीका लागि कार्यतालिका सार्वजनिक गरेकाे छ । आयोगले चुनावको उम्मेदवारी दर्ता, मतदान लगायतका तालिका सार्वजनिक गरेको हो ।

निर्वाचन आयाेगकाे कार्यतालिका अनुसार पहिलो चरणमा हुने चुनावका लागि असोज २० र २१ गते उम्मेदवार दर्ताकाे लागि मिति तय गरेकाे छ भने असोज २० गते सङ्घ, प्रदेश र पालिकामा
प्रतिनिधित्व गर्ने दलका उम्मेदवारले र २१ गते अन्य दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गर्नुपर्ने जानकारी गराएकाे छ । यस्तै दोस्रो चरणको चुनावकोलागि उम्मेदवारी दर्ता असोज ३१ र कात्तिक १ मा गर्ने तयारी गरेकाे छ ।

३१ गते सङ्घ, प्रदेश र पालिकामा प्रतिनिधित्व गर्ने दलका उम्मेदवारले र कार्तिक १ गते अन्य दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गर्नुपर्ने तयारी भएकाे जनाएको छ। पहिलो चरणको चुनाव कार्तिक २६ गते र दोस्रो चरणको चुनाव मंसिर ३ गते हुने छ । असार ३१ गतेदेखि निर्वाचन अवधि सुरु हुने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस