नव नियुक्त उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्रीले किन सच्याए अभिव्यक्ति ?

२०७८, जेठ २३

जेेठ २३, काठमाडौँ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री राजेन्द्र महतोले पदभार सम्हालेलगत्तै महतोले नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेकोले आफ्नो विवादास्पद अभिव्यक्ति सच्याएका छन्।

चौतर्फी आलोचना भएपछि महतोले मध्यरातमा विज्ञप्ति जारी गरि अभिव्यक्ति सच्याएका हुन्।

महतोले आफ्नो अभिव्यक्तिलाई बङ्ग्याएर गलत प्रचार गरिएको दाबीसमेत गरेका छन्। राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति आफू पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै महतोले यसबारेमा कसैलाई पनि भ्रम नहोस् भनि स्पष्ट पारेका छन्।

प्रतिक्रिया दिनुहोस