कोरोनाबाट सल्यानमा गत २४ घन्टामा पाँच जनाको मृत्यु

०६,बैशाख २०७८

६,जेष्ठ सल्यान ।कोरोनाका कारण सल्यानमा गत २४ घन्टामा मृत्यु हुनेको संख्या पाँच पुगेको  छ।

स्वास्थ्य सेवा कार्यलय सल्यानका अनुसार जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेमा बागचौर नगरपालिका वडा नम्बर २ का ६० वर्षीय पुरुष , शारदा नगरपालिकाका वडा नम्बर ४ का ६२ वर्षीय पुरुष रहेको छ्न।

यस्तै जिल्ला बाट थप उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बागचौर नगरपालिका वडा नम्बर १ का ५० वर्षीय पुरुषको पनि मृत्यु भएको छ, भने हाेम आइसाेलेशनमा रहेका कपुरकाेट गाउँपालिका वडा नम्बर ३ का ६८ वर्षीय र ७० वर्षीय पुरुषकाे पनि काेराेनाका कारण मृत्यु भएकाे छ।
योसँगै जिल्लामा कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ

जिल्ला स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार हाल जिल्लामा सक्रिय कोरोना  संक्रमित को संख्या ६०४ रहेको छ। यस्तै हालसम्म डिस्चार्ज हुनेको संख्या १२सय २८ रहेको छ।

प्रतिक्रिया दिनुहोस