मध्याह्नसम्म ३०१ मत खस्यो, ४४ जनाले मतदान गर्न बाँकी

०६,बैशाख २०७८

०६,जेष्ठ । बागमती प्रदेशमा राष्ट्रियसभा सदस्य पदका लागि भएको उपनिर्वाचन अन्तर्गत धमाधम मतदान भइरहेको छ ।

हेटौंडाको भुटनदेवी माविमा भएको मतदानमा मध्याह्नसम्म ३०१ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

तीनवटा मतकेन्द्रमध्ये प्रदेशसभा सांसदका लागि छुट्याइएको ‘क’ मा ८८ जनाले, स्थानीय तहका जनप्रतिनिधिका लागि छुट्याइएको ‘ख’ मा १८९ जनाले र कोभिड संक्रमित मतदाताका लागि छुट्याइएको ‘ग’ मतकेन्द्रमा २४ जनाले मतदान गरेका हुन् ।

३४७ मतदातामध्ये विवेकशील साझाका तीन जनाले मतदान नगर्ने भएका छन् । योसँगै अब ४३ जनाले मतदान गर्न बाँकी छ ।

मतदानका लागि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस