बागचौर नगरपालिकामा २५ शय्याको आइसुलेसन केन्द्र सञ्चालनमा

०४ ,जेष्ठ २०७८

०४,जेष्ठ । सल्यानको बागचौर नगरपालिकामा आज देखि २५ शय्याको कोरोना बिशेष आइसुलेसन केन्द्र सञ्चालनमा आएको छ ।

बागचौर नगरपालिकाको नयाँ भवनमा उक्त आइसुलेसन केन्द्र सञ्चालन गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मी देवी हुमागाई खतिवडा, नेपाली सेनाका कर्णेल कन्चन कृष्ण बस्नेत, नगरपालिका उपप्रमुख कल्पना पुन ,डिएसपी गोविन्द थापा, सशस्त्र डीएसपी संतोष रायमाझी, राष्ट्रिय अनुसन्धान डिएसपी बिनोद दवाडी ,नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राम बहादुर हमाल, स्वास्थ्य शाखा प्रमुख हरि बहादुर कठायत लगायत अन्य कर्मचारीहरुको उपस्थितिमा सामाजिक दुरी कायम राखीआइसुलेसन केन्द्रको उद्घाटन गरिएको हो।

स्वास्थ्यका मापदण्डहरुको पालना गरी उद्घाटन गरिएको आइसुलेसन केन्द्रमा एक जना मेडिकल अधिकृत ,चारजना हेल्थ असिस्टेन्ट ,दुईजना स्टापननर्स , तीनजना अनमी सहितको स्वास्थ्यकर्मीको टिम र पाँच जना कार्यालय सहयोगी परिचालन गरिएको छ।

आइसुलेसन केन्द्रमा ३८वटा अक्सिजन सिलिन्डर र पाँचवटा अक्सिजन कन्सन्ट्रेटर रहनेछन।

हाल आठ वटा अक्सिजन सिलिन्डर आइसुलेसन केन्द्रमा आइसकेका छन् भने बाँकी सिलिन्डर तथा अन्य सामग्रीहरु आउने प्रक्रियामा रहेका छन्।

यस्तै बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले आइसुलेसन केन्द्रलाई व्यक्तिगत खर्चमा २० थान अक्सिजन सिलिन्डर उपलब्ध गराउने जनाउनुभएको छ।

यसअगाडिनै नगर प्रमुखको रुपमा पाउने तलबभत्ता व्यक्तिगत रुपमा खर्च नगरेर सम्पूर्ण रकम जनताको सेवामा लगाउने प्रतिबद्धता जनाएका नगरप्रमुख बुढाथोकी द्वारा गतवर्ष नगरपालिकाको कोरोना रोकथाम तथा उद्धारका लागि बनाएको कोषमा चार लाख पचास हजार रकम जम्मा गरिएको थियो ।

यस्तै नगरप्रमुख बुढाथोकीले आफ्नो व्यक्तिगत खर्चमा ६० हजार थान सर्जिकल मास्क तथा तिन सय पिस के एन ९५ मास्क नगरपालिकालाई उपलब्ध गराउने जनाउनुभएको छ।

कोरोनाको दोस्रो चरणको महामारीबाट हाल बागचौर नगरपालिकामा पनि संक्रमित हुनेको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ।

नगरपालिका भित्रै आइसुलेसन केन्द्र सञ्चालनमा आएपछि बिरामीका लागि केही सहजहुने बिश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस