लिभिजन प्रस्तोता रवि लामिछाने राजनीतिमा आउने भएका छन् । राजनीतिमा […]
जेठ ०२, सल्यान । जिल्ला स्वास्थ्य सेवा कार्यालय सल्यानमा अक्सिजन प्लान्ट भनेर अक्सिजन कन्सन्ट्रेटर ल्याइएको छ । जिल्लामा कोरोना महामारीको संक्रमन बढिरहेको बेला अक्सिजन अभाव भैरहेको बेला अक्सिजन प्लान्ट भनेर शनिबार अक्सिजन कन्सन्ट्रेटर जडान गरिएको छ ।
प्रदेश सरकारको बजेटमा खरिद गरिएको उक्त कन्सिन्ट्रेटरलाई शनिबार शानप मेयर र सिडिओले उद्घाटन गरेका थिए । त्यस्तै विभिन्न नेताहरूले अक्सिजन प्लान्ट भनेर स्टाटस लेखेका थिए ।
प्रतिमिनेट १० लिटर अक्सिजन सप्लाइ गर्नेसक्ने चार वटा कन्सिन्ट्रेटरलाई अक्सिजन प्लान्ट भनेर प्रचार गरिएको छ । तर उक्त मेसिन अक्सिजन प्लान्ट नभएको जानकारहरूले बताएका छन ।
अक्सिजन प्लान्ट भनेर ल्याइएको उक्त सामाग्री प्लान्ट होइन । उक्त सामना खरिदमा लाखौंलाख घोटाला भएको छ । बजारमा प्रति मिनेट १० लिटर अक्सिजन सप्लाइ गर्ने एउटा कन्सन्ट्रेटरलाई ५० हजार देखि १ लाख ५० पर्ने गरेको छ । जिल्ला अस्पताल सल्यानको लागि स्वास्थ्य सेवा कार्यालयले ल्याएको खरिद गरेको उक्त सामाग्री उक्त ४ वटा कन्सिन्ट्रटर बराबर अर्थात प्रती मिनेट ४० लिटर अक्सिजन सप्लाइ गर्ने मेसिन हो ।
सो हिसाबले उक्त कन्सिन्ट्रटरलाई बढिमा ४/५ लाखमा किन्न सकिन्छ । अन्लाईन सामान सप्लाइ गर्ने चाइनिज कम्पनी अलीबाबा ले उक्त मेसिनलाई बढिमा २ लाख ४२ हजार देखी २ लाख ८२ हजार मुल्य राखेको छ । तर स्वास्थ्य सेवा कार्यालयले किनेको सामान ५१ लाख लागत लागेको बताएको छ । यसअघि स्वस्थ सेवा कार्यालयले ४० लाखको अक्सिजन प्लान्ट र १८ लाखको जडान खर्चको टेन्डर गरेको बताएको थियो ।
उक्त बिषयमा छानबिनको लागि सिडिओ कार्यालय सल्यान मार्फत अख्तियार दुरुपयोग आयोगमा पनि उजुरी परिसकेको छ ।
यो घोटाला काण्ड सिङ्गो कर्णालीभर जोडिएको अनुमान गरिएको छ । यस बिषयमा बिस्तृत विवरण अनुसन्धान भैरहेको छ ।