एमाले बिवाद समाधान काे लागि बन्याे  ९ सदस्यीय कार्यदल

काठमाडौं, बैशाख ३० । नेकपा एमालेभित्र देखिएको विवाद अन्त्यका लागि ९ सदस्यीय कार्यदल गठन भएको छ । अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच भएको सहमतिअनुसार दुवै पक्षका नेताहरुलाई राखेर कार्यदल गठन गरिएको हो ।

कार्यदलमा विष्णु पौडेल, शंकर पोखरेल, सुवास नेम्वाङ सदस्य रहनुभएको छ । त्यस्तै बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल समूहबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट सदस्य हुनुहुन्छ । दुई सदस्यपछि भने पछि थप गर्ने सहमति भएको छ ।

चपली हाइटस्थित व्यवसायी क्याप्टेन रामेश्वर थापाको निवासमा आज अध्यक्ष ओली र नेता नेपालबीच भएको बार्तामा कार्यदल गठन गर्ने सहमति भएको थियो । नेकपा एमालेको बिवादलाई बिधिसम्मत रुपमा हल गर्नका लागि सुझावसहितको प्रतिवेदन दिन कार्यदल गठन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस