ओलीले भने–मान्यज्यूहरुले हुन्न भन्ने पक्षमा त कसरी सही गर्न सक्नुहुन्छ सभामुख महोदय ?

२७,बैशाख २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत प्राप्त हुने विश्वास व्यक्त गरेका छन् । उनले सरकारले ३ वर्ष बढीको अवधिमा जनताको पक्षमा धेरै काम गरेको भन्दै अब पनि यही सरकारले निरन्तरता पाउने विश्वास गरे ।

उनले भने, ‘मैले विश्वास लिएको छु कि मान्यज्यूहरुले हुन्न भन्ने पक्षमा त कसरी रेजा लगाउन, कसरी सही गर्न सक्नुहुन्छ सभामुख महोदय ?’ । उनले त्यसो भन्दा एमाले सांसदले टेबुल ठटाउँदै हुटिङ गरेका थिए । ‘बाहिरबाट आउँदा अली दिन फोन नगर्दा फोन पनि गर्दैन प्रधानमन्त्रीले भन्ने असन्तुष्टि थियो कि ? त्यो पनि छाडिदिनुस् । म काममै लागेर त्यस्तो भएको हो। मेरो कसैप्रति पूर्वाग्रह छैन।’

उनले यही सदनले आफूलाई निर्वाचित गरेको र ३ वर्षभन्दा बढी समय प्रधानमन्त्रीको हैसियतले सदनमा उभिएको भन्दै यही सदनको बलले आफू रहन्छु भन्ने लागेको बताए । उनले सदनप्रति आफ्नो विश्वास रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस