नेपाल-खनाल समूहले सामुहिक राजिनामा नगर्ने

आज विश्वासको मत दिन बस्ने संसदको बैठकमा उपस्थिति नहुने निर्णय

२७, बैशाख|माधव नेपाल झलनाथ खनाल समूहले प्रतिनिधि सभा सांसद पदबाट राजीनामा नगर्ने भएका छन्। उनीहरुले आज विश्वासको मत दिन बस्ने संसदको बैठकमा उपस्थिति नहुने निर्णय गरेका छन्।

समूहले आज बिहान ९ बजेसम्मको समय दिँदै प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिने भनेर धम्क्याएका थिए।

यसैगरी नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई विश्वासको मत दिनु भनेको लोकतन्त्र कमजोर तुल्याउनु हो भनेका छन्।

आज सिंहदरबारमा माधवकुमार नेपाल समूहको बैठकपछि नेता रावलले भने, ‘प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ।’

ओलीको कुनै पनि निर्देशन मान्य नभएको बताउँदै नेता रावलले ओलीलाई पार्टीको वैधानिक अध्यक्ष नभएको दावी गरे। ‘ओलीको कुनै निर्देशन हामीलाई मान्य छैन। उहाँको कुरा मान्नुपर्ने हो भने वैध अध्यक्ष हुनुपर्छ। ओलीको ह्वीप मान्य छैन,’ उनले भने।

नेपालको संविधान मिचेर ओलीले प्रतिनिधिसभाको विघटन गरेको सन्दर्भ उठाउँदै विश्वासको मत दिने दिने एकदिन अघिमात्र अध्यादेश जारी, संवैधानिक परिषद्को बैठक बोलाएर असंवैधानिक निर्णय गरेको आरोप लगाए।

‘केपी ओलीलाई विश्वासको मत दिनु भनेको लोकतन्त्रलाई कमजोर तुल्याउने। राजनीतिक नेतृत्वलाई ध्वस्त गर्ने। देश र राज्यलाई कमजोर तुल्याउनुहुने हुँदा यो बैठकमा अनुपस्थित हुने निर्णय गरेका छौ।’

प्रतिक्रिया दिनुहोस