प्रचण्ड- नेपाल समुहको भेला रत्नपार्कमा सिसीमा औषधि बेच्नेहरुको जस्तै हो। :प्रधानमन्त्री

१८ पुष २०७७, शनिवार

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड ‘र माधवकुमार नेपाल समूहलाई रत्नपार्कमा सिसीमा औषधि बेच्नेहरुसँग तुलना गरेका छन् । काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो भनेका हुन । ‘अलि अलि मान्छे त रत्नपार्कमा सिसीमा औषधि बेच्नेले पनि भेला पार्छ । उहाँहरुको हालत त्यही हो ।’

प्रधानमन्त्री ओलीले उनीहरुको ध्यान सत्ताका लागि मात्रै भएको आरोप लगाए । अब पार्टीलाई सुदृढ बनाएर काम गर्ने दाबी गरे।

उनले ‘दाहाल(नेपाल’लाई खिया लागेको नटबोल्टको संज्ञा  समेत दिएका छन् । उनले दुईवटा नटबल्ट फुक्लिँदा पार्टी गतिशील भएको बताए ।

तीनवर्षदेखि पार्टी गतिशील हुन नसकेको भन्दै उनले अब पार्टीले गति लिएको दाबी गरे ।

उनले पार्टीबाट हटाएका मान्छेहरुले विभिन्न स्थानमा भेला गरेको भन्दै आक्रोश समेत पोखे ।

ओलीले नेकपामा असली र नक्कलीको प्रसंग कोट्याउँदै नेकपा ‘बरमजियाको पेडा पसल’ जस्तो नभएको बताए । ‘बरमजियाको पेडा पसल हो र असली र नक्कली भनेर भन्नलाई र ?’

सूर्य चिन्हका लागि दाहाल(नेपाल समूहले निर्वाचन आयोगमा दर्ता गरेको निवेदनका विषयमा ओलीले भने, ‘उहाँहरुले सूर्य चिह्न हामीलाई दिनुस् भनेर निवेदन हालेछन् । जसको घर हो उ निवेदन हाल्न जान्छ रु जसको जमिन हो उ निवेदन हाल्न जान्छ रु जसको गाडी हो उ मेरो हो भनेर जानुपर्छ रु हामी निवेदन हालेर जानुपर्ने अवस्था छैन । हामी पार्टीको विधानअनुसार पार्टी सञ्चालन गरिरहेका छौँ । भेट्नो कुहेर झरेका फलले रुखै मै हुँ भनेर दाबी गर्ने रु आउनुस् बैठकमा निमन्त्रणा गरेका छौँ ।”

ओलीले आफूहरु देशको लागि लडेको तर उनीहरु छोराछोरीका लागि लडेको बताए ।

“हामी छोरा(छोरी, भाइ(बहिनीका लागि लडेका छैनौँ । हामी देशको भविष्यका लागि लडेका छौँ । कसको धन्दा कता, कसको कता, कसैको धन्दा खानतिर । अचम्म लाग्छ,” ओलीले भने, “दुईटा गुटको एउटा समीकरण पार्टी पार्टी रहेन । त्यो अवस्थामा उहाँहरुले पुर्‍याउनुभयो ।’

अध्यक्ष दाहालले पार्टीको काम नगरेर गुट सञ्चालन गरेर काम गर्न नदिएको समेत आरोप लगाए।

‘पार्टी एकताको काम तीन महिनामा सक्नुपर्ने थियो। तर, उहाँहरूले न पार्टीको काम गर्नुभयो न त सरकारलाई काम गर्न दिनुभयो नै’ उनले भने।

प्रतिक्रिया दिनुहोस